पाँच उत्कृष्ट एप जसले गरिदिनेछ तपाईंको मोबाइल फास्ट

के तपाईंको स्मार्टफोन कछुवाभन्दा पनि सुस्त गतिमा चल्ने भएको छ ? यदि तपाईंको उत्तर ‘हो’ भने मोबाइलमा हिस्ट्रि, जंक फाइल, क्यास फाइलको रुपमा थुप्रै अनावश्यक फाइलहरु जम्मा भएको छ । यी फाइलहरुलाई सफा गर्नको लागि तपाईंले गुगल प्ले, आइओएससहित थुप्रै एप स्टोरमा निःशुल्क एप्लिकेसनहरु पाउनुहुनेछ तर यीमध्ये कुन एपले सहि ढङ्गले काम गर्छ भन्ने विषयमा अन्योल हुनुहुन्छ भने, तपाईंहरुको अन्योलता हामी हटाइदिन्छौ । आज हामी तपाईंलाई यस्ता पाँच एप्लिकेसनको बारेमा जानकारी दिँदैछौँ जसलाई तपाईं स्मार्टफोनमा निःशुल्क इन्स्टल गर्नसक्नुहुनेछ जसले तपाईंको फोनको स्पिड बढाउनेछ १. क्लिन मास्टरः

मोबाइलको स्पिड बढाउनका लागि संसारभरि क्लिन मास्टर निकै चर्चित छ । यसले तपाईंको फोनमा सेभ भएका अनावश्यक फाइलहरुलाई डिलिट गरिदिनेछ । यसका साथै यसले फोनको ब्याकग्राउण्डमा चलिरहेको अनावश्यक ऐपलाई पनि बन्द गरिदिनेछ जसले तपाईंको ब्याट्रि पनि निकै बचाउने गर्दछ ।
२. एन्ड्रोइड बुस्टरः
एन्ड्रोइड बुस्टरको सबैभन्दा विशेष कुरा के छ भने यसमा अनावश्यक विज्ञापन पाइँदैन । मात्र एउटा क्लिकमा नै तपाईंले आफ्नो फोनको मेमोरी बढाउन सक्नुहुन्छ र फोनको प्रोसेसिङ पनि फास्ट गर्नसक्नुहुन्छ ।
३. क्लिनरः
क्लिनर एपलाई स्मार्टर्याम बुस्टरको नामबाट पनि चिनिन्छ । यसले तपाईंको र्यामको स्पिड बढाउन सहयोग गर्दछ । एक क्लिकमा नै तपाईं आफ्नो फोनमा क्यास फाइल डिलिट गर्न सक्नुहुन्छ ।
४. डीयू स्पिड बुस्टरः
डीयू स्पिड बुस्टर एन्ड्रोइड अप्टिमाइजिङ र क्लिनर एप्लीकेसन हो जसमा फ्री एन्टीभाइरस सिक्योरिटी पनि पाउन सक्नुहुनेछ । यसले तपाईंको फोनमा सेभ भएको ६० प्रतिशत जंक फाइललाई डिलिट गर्ने गर्दछ । यसका साथै यसमा एप टास्क क्लिनर, स्टोरेज एनालाइजरजस्तो फिचर पनि पाउन सक्नुहुनेछ ।
५. सिस्टम क्लिनरः
फोनको लागि सबैभन्दा राम्रो एप्लिकेसनमा गनिने सिस्टम क्लिनर एप तपाईंको कल रेकर्डस्, सर्च हिस्ट्रि, गुगल म्याप सर्च हिस्ट्रि, जिमेल हिस्ट्रिलाई डिलिट गरिदिने गर्दछ जसले फोनको स्पिड स्वतः बढ्ने गर्दछ । -