दीपा श्री आफूलाई सुन्दर देखाउन मसाज सेन्टर मा
४० बर्षको उमेरसम्म आइपुग्दा पनि
अनुहारमा चमक देखिनुलाई हाँस्य कलाकार दीपाश्री निरौला आफ्नो ‘मेन्टेन’
भन्छिन् । उसो त उनले अझै पनि सार्वजनिक कार्यक्रममा पुग्नु अघि
ब्यूटीपार्लर धाउन भने छाडेकी छैनन् ।
महिनामा कतिपटक सम्म पार्लर
जानुहुन्छ त, उनले भनिन्-‘म ३ पटकसम्म पुग्छु । तर, सार्वजनिक कार्यक्रम
धेरै भयो भने पार्लर समय र खर्च दुबै बढ्छ ।’
उनले आफूलाई राम्री बनाउन मन
लाग्ने खुलाइन् । महिनामा पार्लर पुगेर कती खर्च हुन्छ त ?-‘ महिनामा १०
देखि १५ हजार पार्लरकै लागि खर्च हुन्छ । तर, अहिले म ‘सेरोमोनी ब्यूटी
पार्लर’को ब्रान्ड एम्बेसडर भएकाले खर्च भएको छैन ।’.घरमा
पनि उनको मेकअपका लागि प्रशस्त सामान छन् । ‘कलाकार भएकाले सार्वजनिक
स्थानमा पुग्दा आफूलाई आकर्षक देखाउनै पर्ने हुन्छ, यसैले पार्लर जानु
अनिवार्य जस्तै छ’, दीपाले भनिन् ।
दीपाले आफ्नो मोटाउँदो शरीरलाई
लिएर केही चिन्ता पनि व्यक्त गरिन् । भनिन्-‘हो, मेरो अनुहारमा चमक छ तर
शरीर मोटाएको छ । जाडोले गर्दा जिम जान पाएको छैन, गर्मी लागेपछि घटाउँछु
।’ उनले पार्लर पुगेर आफूले स्पा, हेयर मसाज बढी गर्ने जनाइन् ।
.source.फेसबुक समाचार डट कम