कैदीले जेलमै शारीरिक सम्बन्ध राख्न पाउने
भातरको पञ्जाव हरियाणा उच्च अदालतले
राज्यमा जेलमा रहेका कैदी बन्दीलाई यौन सम्पर्कको अधिकार दिने फैसला गरेको छ
। अव यो फैसला पछि कैदीकोरुपमा रहेका बन्दीहरुले पनि सन्तान उत्पादनको
अधिकार अन्तगर्त यौन सम्बन्ध राख्न पाउने भएका छन् ।
अन्य देशमा कैदीहरुलाई कृतिम गर्भाधानको अधिकार रहेपनि भारतमा यो ब्यवस्था
छैन । अव भने जेलबाट बाहिर जाने र कृतिम गर्भाधान गराउने दुवै अधिकार
बन्दीले पाउने भएका छन् । यद्यपी कस्ता कस्ता कैदीहरुलाई यस्तो अधिकार दिने
भन्ने विषयमा भने राज्य सरकारले निर्णय गर्नेछ ।
हत्याको अभियोगमा जेलमा रहेका कैदी दम्पतिले दर्ता गरेको उजुरी माथि फैसला
गर्दै अदालतका न्यायाधीशले यस्तो फेसला गरेका हुन् । उनीहरुलाई आफूलाई
सन्तानको इच्छा भएको भन्दै यौन सम्बन्ध राख्ने अधिकार माग गरेका थिए ।
प्रजननको ब्यक्तिकगत अधिकार र स्वतन्त्र जीवन समबन्धि अधिकारको महल अनुसार अदालतले यो दुरगामी फैसला सुनाएको हो ।

