दिउसै रक्सी धोकेर संविधानसभामामा आतंक मच्च्याउने महिला सभासद
काठमाडौ, एक
जना महिला सभासदले दिउँसै मदिरा सेवन गरेर बबाल मच्चाउन थालेपछि संविधानसभा
सचिवालयका कर्मचारीहरूका साथै मर्यादापालकहरु नै हैरान भएका छन् ।
साँझु
साप्ताहिकमा प्रकाशित एक खबर अनुसार हरेक दिन मदिरा सेवन गरेर संविधानसभा
बैठक र संसद सचिवालयमा जाने गरेकी ती सभासदलाई देख्नासाथ सचिवालयका
कर्मचारी र मर्यादापालक सकेसम्म तर्किन खोज्छन् । ती सभासद हुन नेपाली
कांग्रेसका कोटाबाट मन्त्री परिषदबाट मनोनित गीता वाग्ले ।
समाचार
अनुसार गत साता संविधानसभा बैठक चलिरहेका बेला सभामुख सुभाष नेम्वाङको
कार्यकक्ष बाहिर मदिरामा लठ्ठ भएकी ती सभासदले कर्मचारी र मर्यादापालकलाई
मनपरी गाली गर्दै दुब्र्यवहार गरेपछि कोलाहल मच्चियो । कफी चाहियो भन्दै
सभामुखको कार्यकक्ष बाहिर पुगेकी सभासद वाग्लेलाई एकछिन पख्नुस् भन्दा हात
उज्याउँदै दुब्र्यवहार गरेकी थिइन् । त्यसको पर्सिपल्ट पुनः रक्सिले मातेर
हल्लिदै पुगेकी सभासद वाग्ले मर्यादापालकतिर फर्केर गाली गरिरहेकी थिइन् ।
यहाँ
पत्रकारहरु सभामुख नेम्वाङलाई भेट्न प्रतिक्षालयमा कुरिरहेका बेला यो घटना
भएको थियो । त्यो दृष्यले कांग्रेस सभासद्हरुसमेत लज्जित भएका थिए ।
पूर्णबहादुर खड्का, रामहरी खतिवडा, लगायतका कांग्रेस सभादसहरु उनको त्यो
हर्कत नदेखे झैं गरी भित्र पसेको कुरा समाचारमा उल्लेख गरिएको छ ।