केटी जिस्क्याउँदा सडकमै रामधुलाई

January 4 एजेन्सी । केटीलाई सडकमा हिड्दा केटाले जिस्काउनु स्वभाविक जस्तै भइसकेको छ । सामान्य अवस्थामा केटीहरु त्यसलाई त्यति महत्व पनि दिदैनन् । तर भारतको नया दिल्लीमा शनिबार दुईजना युवतीले आफूहरुलाई जिस्क्याउने एक युवकलाई बिच सडकमै चप्पल तथा डण्डीले रामधुलाई गरेका छन् । सधै कलेज जाने समयमा उक्त युवकले ती युवतीलाई जिस्काउदै आएपनि उनीहर चुप थिए । तर शनिबार करीब १० बजेतिर कलेज जाँदै गरेका युवतीलाई युवकले जिस्क्याउन सुरु गरे । पहिले झै उनीहरु चुप रहेपनि युबकले अश्लील बोल्ने तथा अश्लील हर्कत गर्न थाले पछि केटीहरु उनी बिरुद्ध उत्रिए । दुई मध्ये एक युवतीले उक्त युवकलाई समातिन् भने अर्कीले चप्पल तथा छेवैमा भएको डण्डीले कुट्न थालिन् । त्यस स्थानमा भिड जम्मा भयो । कुटाइ खाएपनि युवकले केटीहरुको खुट्टा समाउदै माफी मागे । उनले अव उप्रान्त यस्तो कार्य नगर्ने प्रतिवद्धता वजनाएपछि युवतीहरुले छाडिदिएका थिए ।