सबैले जित्ने लडाई लड्छौं : लिङदेन


kumar lingden
धनकटा, माघ ५ - संघीय लिम्वुवान पार्टी नेपालका अध्यक्ष कुमार लिङदेनले नेपालको राष्ट्रिय अखण्डतालाई कायम राख्दै अरुण संखुवासभा पूर्वका ९ जिल्लालाई ‘लिम्वुवान’ घोषणा गर्न माग गरेका छन् ।
संघीय लिम्वुवान पार्र्टीद्धारा सोमबार धनकुटामा आयोजित ‘लिम्बुवानी बहस’ कार्यक्रममा उनले लिम्वुवान प्राप्तीका लागि शान्तिपूर्ण बैचारिक आन्दोलनलाई अझ सशक्त बनाउने बताए । उनले भने,'जनतामा अभिमत सृजना गरेर सबैले जित्ने अन्तिम लडाइ लड्छौं ।’

ऐतिहासिक पृष्ठभूमिका आधारमा जातजातिका लागि आत्मनिर्णय सहितको अधिकार दिइनु पर्ने कुरा उठाउँदा कांग्रेस र एमालेले त्यसलाई स्विकार्न नचाहेको बताए । उनले कांग्रेस एमाले जनतालाई धोका दिने बेलामा मात्रै एक हुने गरेको आरोप लगाए । गत साउन २० गते धनकुटाको भेडेटारमा भएको पूर्वमा सक्रिय ५ वटा लिम्बुवान संगठनबीच एकिकरण भई संघीय लिम्बुवान पार्टी नेपाल बनेको थियो ।