नेपाली फिल्म क्षेत्रका प्रेमजोडीहरुः::फोटो फिचरसहित

प्रेम खुल्दा आफ्नो फ्यान क्रेज कम हुने डर हुन्छ संसारभरकै कलाकारलाई । बलिउड कलाकार त सकेसम्म आफ्नो प्रेमलाई लुकाउन खोज्छन् । प्रेम प्रंसङ्ग खुल्दा यसले अनावश्यक चर्चा पाउने र दर्शकले पनि नरुचाउने सोचाई उनीहरुको छ । तर, समयको परिवर्तनसँगै कलाकारहरु आफ्नो निजी प्रेमको बारेमा खुलेरै बोल्न थालेका छन् ।
बलिउडमा पनि प्रेम जोडी वाँध्ने कलाकारहरुको  संख्या बढ्दै गएको छ र उनीहरु खुलेरै प्रेमको कुरा गर्न थालेका छन् । यो फेसन नेपालमा पनि बढ्न थालेको छ । केही अघिसम्म प्रेमको कुरालाई मिडियाले चलाएको हल्ला मात्र भन्ने कलाकार अहिले सामाजिक संजालमा आफ्नो जोडी सार्वजनिक गरिरहेका छन् ।
नेपाली कलाकारको जोडी आफ्नो प्रेम सार्वजनिक गर्न जति खुल्न थालेको छ त्यति नै त्यस्ता जोडीहरुको प्रेमयात्रा धरापमा पनि पर्ने गरेको छ । पछिल्ला प्रेमजोडीहरु मध्ये कसको प्रेम सफल भयो, कसको भएन ? अनलाइनखबर मनोरञ्जन ब्युरोको लेखाजोखा-
Nisha-and-sarad
१. निशा अधिकारी र शरद भेष्वाकर
एक साथ चलचित्र हेर्न जाँदा, क्रिकेटरलाई सम्मान गर्ने कार्यक्रममा विना अर्थ पुग्दादेखि नै नायिका निशा अधिकारी र क्रिकेटर शरद भेष्वाकरको प्रेमको चर्चा चलेको थियो ।
तर, निशाले यसलाई साथी मात्र भन्दै टारेकी थिइन् । उनै नीशाले आफ्नो फेसबुक पेजमार्फत शरदसँगको प्रेम स्विकार गरिन् । यसपछि यो जोडी खुलेरै सार्वजनिक कार्यक्रममा देखिन थालेको छ । चलचित्र बजारमा अहिले सर्वाधिक चर्चा निशा र शरदको प्रेमको छ ।
aamesh and nita
२. नीता ढुंगाना र आमेष भण्डारी
नायिका नीता ढुंगानाले नव-कलाकार आमेष भण्डारीसँगको प्रेमलाई पनि फेसबुक मार्फत नै सार्वजनिक गरिन् । ३ बर्षदेखि गुपचुप प्रेम गर्दै आएको यो जोडीले एक साथ चलचित्र खेलेपछि प्रेमलाई सार्वजनिक गरेको हो ।
प्रेम सार्वजनिक गरेपछि यो जोडीलाई एकसाथ हिँडडुल गर्न पनि सहज भएको छ । आमेष र निता अहिले एक अर्कालाई प्रत्येक दिन साथ दिइरहेका छन् । प्रेमी नायिका पाएकाले आफूलाई सजिलो भएको तर्क आमेषको छ । यो जोडी चाँडै बिबाह गर्ने योजनामा छ ।
malina-and-anup
३. मलिना जोशी र अनुपविक्रम शाही
पूर्व मिस नेपाल तथा नायिका मलिना जोशी र नायक अनुपविक्रम शाहीको प्रेम पनि चलचित्र बजारमा लुकेको छैन । मलिना र अनुपको प्रेम सार्वजनिक भएको धेरै समय भैसकेको छ ।
दुबै चलचित्र क्षेत्रमा एक साथ लागिरहेका छन् । हङकङमा आयोजना भएको इन्फा अवार्डमा पनि यो जोडीले एक साथ नृत्य गरेेको थियो ।
aaasma-and-samyam
४. आश्मा डीसी र संयम पुरी
उसो त बजारमा आश्मा डीसी र संयम पुरीवीच ब्रेकअपको चर्चा चल्न सुरु भइसकेको छ । तर, यो जोडीले अहिलेसम्म आधिकारिक रुपमा यसलाई सार्वजनिक गरेको छैन ।
केही दिन अगाडि अनलाइनखबरसँग कुरा गर्दै आश्माले संयम र आफूलाई एक अर्काको आवश्यकता महशुश हुने बताएकी थिइन् ।
संयम पुरीको ‘सायद’ चलचित्र चलेपछि आश्मा उनीसँग नजिक भएकी थिइन् । बारम्बार चलचित्र हेर्न हलमा देखिन थालेपछि मिडियामा यो जोडीबारे टिप्पणी सुरु भएको थियो । त्यसपछि यो जोडीले पनि आफ्नो प्रेमलाई स्विकार गरेको हो ।
प्रेमिका करिश्मा श्रेष्ठको साथमा सलोन बस्नेत ।
प्रेमिका करिश्मा श्रेष्ठको साथमा सलोन बस्नेत ।
५ं सलोन बस्नेत र करिष्मा श्रेष्ठ
निर्देशक शोभित बस्नेतका छोरा सलोन बस्नेत र नव-कलाकार करिश्मा श्रेष्ठको प्रेम चर्चा पनि चलचित्र बजारका लागि नयाँ होइन । चलचित्र क्षेत्रमा एक साथ अगाडि बढिरहेको यो जोडी अहिले शोभित बस्नेतकै चलचित्र ‘झिल्के’मा जोडी बनेको छ । यो जोडी पनि प्रेम सार्वजनिक गर्ने कुरामा पछाडि रहेन ।
sumina-and-rosan
६. सुमिना घिमिरे र रोशन सापकोटा
नायिका सुमिना घिमिरेले पनि आफ्नाे प्रेमलाई सफल बनाउादै विवाहमा परिणत गर्दैछिन् । करिब ६ महिना अगाडि सुमिनाको भेट रोशन सापकोटासाग भएको थियो । म्यूजिक भिडियो छायांकनका क्रममा भएको भेटलाई प्रेममा रुपान्तरित गर्दै उनीहरु बिहे गर्दैछिन् ।
माथि उल्लेखित कलाकारहरुको  प्रेम सार्वजनिक भएको छ । तर, केही नायिकाहरुको प्रेम सार्वजनिक त भएको थियो तर अहिले उनीहरु अलग भैसकेका छन् । नायिका नम्रता श्रेष्ठको प्रेम सुरुवातमा रेमनदास श्रेष्ठसँग थियो । पछि उनीसँग अलग भएपछि नम्रता प्रेम घलेको प्रेममा परिन् । तर, अहिले प्रेम र नम्रता पनि अलग भएका छन् ।
नायिका रीमा विश्वकर्माको केही बर्ष चलेको प्रेम पनि असफल भयो । मोडल अमिक सेखसँगको प्रेमबाट रीमा केही समय अगाडि अलग भएकी हुन् । मोडल तथा नायिका नम्रता सापकोटा पनि प्रेममा असफल भएकी छिन् । उनले लगातार दुईवटा ब्रेकअपको सामना गर्नुपर्‍यो । नायिका सुष्मा कार्कीको प्रेम पनि असफल बन्यो । उनले निर्देशक सुदर्शन  थापासँगको  प्रेम असफल भएपछि निरनसँग प्रेम गरिन् । तर, निरनसाग लिभिङ टुगेदरमा बसेकी सुष्मा पछि ब्रेक अप भयो भन्दै आफ्नै घर फर्किन् ।
नायिका हर्षिका श्रेष्ठको पनि गायक बादल प्रसाइसँगको प्रेम यात्रा जोगाउन सकिनन् ।  तर, केही कलाकारले आफ्नो प्रेमलाई सफल पनि बनाएका छन् । नायक निखिल उप्रेतीले नायिका संचिता लुइटेलसँगको प्रेमलाई सफल बनाउँदै बिहे गरेका छन् । यस्तै, नायक आर्यन सिग्देल पनि प्रेममा सफल देखिए ।
सपना भण्डारीसँगको प्रेमलाई सफल बनाउँदै आर्यनले यही बर्षको वैशाखमा बिहे गरे । नेपाली सिनेमाका चर्चित नायक राजेश हमालले पनि ७ बर्ष लामो प्रेमलाई बिहेमा परिणत गरे गत जेठमा । प्रेमिका मधु भट्टराईसँगको प्रेमलाई उनले बिहेमा परिणत गरेका हुन् ।