इबोलाले मृत्यु हुनेको सङ्ख्या आठ हजार नाघ्यो

इबोला सङ्क्रमणका कारण विश्वमा मृत्यु हुने व्यक्तिको आठ हजार नाघेको बताइएको छ । विशेषगरी पश्चिम र मध्य अफ्रिकी राष्ट्रहरुमा यसको सङ्क्रमण बढेको छ । सो सङ्क्रमणबाट ज्यान जाने व्यक्तिको सङ्ख्या आठ हजार २३५ पुगेको समाचारमा जनाइएको छ ।
प्राप्त समाचारअनुसार सो सङ्क्रमणबाट २० हजार भन्दा बढी व्यक्ति सङ्क्रमित भएका थिए । सो जानकारी विश्व स्वास्थ्य सङ्गठनले बुधबार जनाएको छ । मृत्यु हुनेमा अधिकांश नागरिक सियरालियोन, लाइबेरिया र गुएनाका रहेका छन् ।
साथै एकजना संयुक्त राज्य अमेरिका, छ जना माली, आठजना नाइजेरियाली नागरिकको पनि यसको सङ्क्रमणबाट ज्यान गएको विश्व स्वस्थ्य सङ्गठनले जनाएको छ ।
उक्त संस्थाले इबोलाको सङ्क्रमण कम भएको भएपनि यसबाट विश्व खतरामुक्त भने भएको छैन ।
    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस