आगो ताप्दा जलेर एक वृद्धाको मृत्यु
३ माघ, रौतहट । रौतहटको गौरमा आगो ताप्नेक्रममा जलेर एक वृद्धाको मृत्यु भएको छ ।
सदरमुकाम गौर ४ मा जलेर ७५ वर्षकी वृद्धा चन्द्रकला देवीको मृत्यु भएको प्रहरीले जनाएको छ । शुक्रबार राति घर भित्रै आगो ताप्दै गरेकी उनको लुगामा अचानक आगो सल्किएपछि जलेर मृत्यु भएको हो ।
सदरमुकाम गौर ४ मा जलेर ७५ वर्षकी वृद्धा चन्द्रकला देवीको मृत्यु भएको प्रहरीले जनाएको छ । शुक्रबार राति घर भित्रै आगो ताप्दै गरेकी उनको लुगामा अचानक आगो सल्किएपछि जलेर मृत्यु भएको हो ।
आगलागी पछि वृद्धा कराएको आवाज सुनेर परिवारका अन्य सदस्यहरुले आगो निभाएका थिए । मृतक वृद्धाको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल गौरमा राखिएकोे छ ।
बालिकाको शव फेला
रौतहटको टेंग्राहाबाथ १० दिनअघि हराइरहेकी बालिकाको शव फेला परेको छ । टेंग्राहा गाविस ७ का मनोज साहकी चार वर्षकी छोरी रुबी शव गाउँ नजिकैको उखुबारीमा फेला परेको हो ।
उँखु बारी नजिकै घाँस काटन गएका महिलाहरुले बालिकाको शव देखे पछि अन्य गाँउले र प्रहरीलाई खबर गरेका थिए । स्थानीय गाउँले र प्रहरीले बालिकाको शव उँखु बारीमा स्यालले खाएर क्षतबिक्षत बनाएको अवश्थामा फेला पारेका थिए ।