लोडसेडिङ बढ्यो, अब दैनिक ११ घन्टा लोडसेडिङ (नयाँ तालिकासहित)
काठमाडौं, माघ १ । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समयावधि फेरि बढाएको छ ।
प्राधिकरणले आगामी आइतबारदेखि लागू हुने गरी दैनिक ११ घन्टासम्म लोडसेडिङ
हुनेसहितको नयाँ तालिका सार्वजनिक गरेको हो । हाल सातामा ७० घन्टासम्म
विद्युत् आपूर्ति कटौती हुँदै आएकामा अब सातामा ७५ घन्टासम्म लोडसेडिङ
हुनेछ ।
विद्युतको माग बढेको र
मध्य–मस्र्याङदी जलविद्युत केन्द्र मर्मतका लागि पूर्णरुपमा बन्द
गर्नुपरेकाले लोडसेडिङ बढाउनुपरेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार आइतबारदेखि सातामा ६ दिन ११ घन्टा र एक दिन ९ घन्टा लोडसेडिङ हुनेछ
प्राधिकरणका अनुसार आइतबारदेखि सातामा ६ दिन ११ घन्टा र एक दिन ९ घन्टा लोडसेडिङ हुनेछ

