जर्बजस्ती मतदान भए २ सय सभासद् संविधानसभामै मर्न तयार छौंः बाबुराम भट्टराई -

काठमाडौं पुस २०–एकिकृत नेकपा माओवादीका नेता एंव पूर्वप्रधानमन्त्रि डाक्टर बाबुराम भट्टराईले आइतवार दिउँसो ‘सामाजिक संजाललाई प्रभावकारी प्रयोग कसरी गर्ने ?’ भन्ने विषयमा अन्तक्र्रिया गर्ने क्रममा जिज्ञासुहरुको जवाफ दिदैं ‘संविधानसभामा जर्वजस्ती पेल्न खोजिए, पहिचान पक्षधर करिब २ सय सभासद् संविधानसभाभित्रै मर्न तयार भएको बताएका छन्’ ।  पहचिान विरोधी शक्तिले बहुमतको आडमा पहिचान पक्षधरहरुलाई पेल्न खोजे र जर्वजस्ती मतदानमा गए आफुहरु पनि संविधानसभामै मर्न तयार रहेको उल्लेख गरेका हुन् । ‘रगत बग्ने स्थिति भएछ भनेपनि पछि नहट्ने’ उनको कथन थियो ।  समाजिक संजालमा सामाजिक तथा राजनितिक उत्तरदायित्वबारे छलफल भइरहँदा आइतवार सानेपा निवासमा उनले थपे ‘वास्तबमा काग्रेस÷एमालेले ल्याएका संघीयताको प्रस्तावचाही जातिबादी छ ।’ उनिहरुले ल्याएको प्रस्तावमा खस÷आर्यहरुको बाहुल्यता हुन्छ भन्दै ‘हामीले प्रस्ताव गरेको संघीयताको मोडल चाही एकल जातिय होइन’ भने ।उनको जिकिर थियो ‘जातिय होइन, उत्पिडित र पछाडी परेको समुदायलाई अधिकार दिने र साधन÷स्रोतको उचित बाँडफाड गर्ने प्रस्तावलाई एकल जातियताको आरोप लगाउनु राजनीतिक बेइमानि हो’ ।  भेटघाटमा पछिल्लो समय देखिएको राजनीतिक गतिरोध, पार्टीभित्र एकले अर्कोलाई प्रहार गर्न वा खेदो खन्न प्रयोग भइरहेको सामाजिक संजाललाई कसरी राजनितिक उदेश्यसँग जोड्ने भन्ने सन्दर्भमा समेत छलफल भएको थियो ।  भेटघाटमा एमाओवादीका सचिब बर्षमान पुन, नेतृ हिसिला यमि, अधिबक्ता खिमलाल देवकोटा, नेता गंगा श्र्रेष्ठ, विद्यार्थी नेता जागृत रायमाझी र रमेश मल्ल लगायतकाको सहभागिता थियो । अधिकांश विद्यार्थी संगठनका नेताहरु र वाइसिएलका युवाहरुको समेत उपस्थिति थियो ।  सामाजिक संजालको प्रयोग समाजिक चासो र सरोकारमा केन्द्रित गर्न थप छलफलको जरुरत रहेको समेत भेटघाटको निष्कर्ष थियो ।