निःशुल्क औषधि गोदाममै थन्कियो, ३५ जिल्लाका बासिन्दा पीडित
२५ पुस, काठमाडौं । सरकारले नि:शुल्क वितरण गर्दै आएको प्राथमिक औषधि ३५ जिल्लामा अभाव भएपछि गरिब बिरामी मर्कामा परेका छन्। काठमाडौं र पथलैयास्थित केन्द्रीय मेडिकल स्टोरले समयमै ढुवानी व्यवस्था मिलाउन नसक्दा पश्चिमाञ्चलका १६, मध्यपश्चिमका १० र सुदूरपश्चिमका नौ जिल्लामा औषधि अभाव भएको हो।
केन्द्रीय औषधि महाशाखामा मात्रै ४० मध्ये २९ प्रकारका औषधि सबै जिल्लालाई एक वर्ष पुग्ने भए पनि क्षेत्रीय मेडिकल स्टोरमा पठाइएको छैन। सुदूरपश्चिमाञ्चल क्षेत्रीय मेडिकल स्टोर धनगढीका कोल्ड चेन अधिकृत प्रमुख पदम बिष्टले करिब दुई महिनादेखि सुदूरपश्चिमका नौवटै जिल्लामा औषधि अभाव हुँदा समस्या भएको बताएको अन्नपूर्ण पोस्टमा खबर छ ।
‘सुदूरका सबै जिल्लामा नि:शुल्क वितरण गर्ने औषधिको स्टक शून्य छ, बिरामीलाई परामर्शमात्र दिएर फर्काउनुपरेको रिपोर्टजिल्लाहरूबाट आएको छ’, बिष्टले अन्नपूर्णसँग भने, ‘जति माग गरे पनि पथलैबाट ढुवानीमा ठेक्का सम्झौता भएन, टेकुबाट टेन्डर हुँदैछ, पुरानैबाट व्यवस्था गर्नुहोस् भन्ने निर्देशन केन्द्रबाट आउँछ, औषधि नभएपछि कसरी व्यवस्था हुन्छ?’
चालीस प्रकारका नि:शुल्क औषधिमध्ये सुदूरपश्चिममा कन्डम, डिपो, पिल्स, भिटामिन ए, अल्बेन्डा झोल, पारासिटामोल ट्याब्लेट, मेट्रोसय एमजी, सलाइन, गज ब्यान्डेज गरी १३ प्रकारका औषधि केही मात्रामा स्टक छ। सरकारले पछिल्लोपटक थप्ने भनेको ३० प्रकारका नयाँ औषधिको माग पनि बढेको बिष्टले बताए।
३५ जिल्लामा औषधि छैन, सरकारले ढुवानी गर्नस म सकेन। ‘बिरामीलाई हामीले निरास बनाएर पठाउनुपरेको छ, त्यसमाथि भैपरी आउने समस्या कसरी टार्ने भन्ने चिन्ताले सताएको छ’, अछाम जिल्ला जनस्वास्थ्य प्रमुख झपट ढुंगानाले भने, ‘केन्द्रले न समयमा औषधि खरिदका लागि बजेट पठायो न आफैंले क्षेत्रमा पठायो।’
३५ जिल्लामा औषधि छैन, सरकारले ढुवानी गर्नस म सकेन। ‘बिरामीलाई हामीले निरास बनाएर पठाउनुपरेको छ, त्यसमाथि भैपरी आउने समस्या कसरी टार्ने भन्ने चिन्ताले सताएको छ’, अछाम जिल्ला जनस्वास्थ्य प्रमुख झपट ढुंगानाले भने, ‘केन्द्रले न समयमा औषधि खरिदका लागि बजेट पठायो न आफैंले क्षेत्रमा पठायो।’
नि:शुल्क वितरण गरिने अधिकांश औषधि महाशाखा केन्द्रीय मेडिकल स्टोरले खरिद गर्छ भने केही खरिदका लागि क्षेत्रीय निर्देशनालय र जिल्ला जनस्वास्थ्य कार्यालयलाई बजेट पठाउने गरिएको छ।
जिल्ला जनस्वास्थ्य कार्यालय डोटीका सिनियर अहेव तेजविक्रम शाहीले औषधि व्यवस्था गर्न नसक्दा गरिब बिरामी नि:शुल्क पाउने औषधि किनेर खान बाध्य भएको बताए।
