भाग्यमानी दम्पत्ती :एउटै चितामा जलेर विदा भए दम्पत्ती
कुविक एनपी न्युज
इलामः जीवनको पुर्वाद्धमा ‘सँगै बाँच्ने सँगै मर्न गरेको बाचाअनुसार सँगै मर्ने संयोग कमैलाई मिल्छ । यस्तै संयोग जुरेर इलामको सुर्योदय नगरपालिका–९ गहिरी गाउँका पराजुली दम्पत्ती एउटै चितामा जलेर विदा भएका छन् ।
दुई महिनादेखि सामान्य विरामी ९१ वर्षीय काशीनाथ पराजुली र उनकी पत्नी
७८ वर्षीया दिलकुमारी पराजुली बुधबार एउटै चितामा जलेर संसारबाट विदा भए । काशीनाथको
मंगलबार बेलुका ९ बजे निधन भएको थियो । उनको शव रुँघ्न घरमा छोराछोरी
आफन्त र छिमेकीहरु भेला भएका थिए । रात छिप्पिदै जाँदा दिलकुमारीको पनि
टाउको दुख्न शुरु भयोे । पतिको निधनबाट मर्माहत बनेकी उनी पति राति साढे ११
बजे संसारबाट विदा भइन् ।इलामः जीवनको पुर्वाद्धमा ‘सँगै बाँच्ने सँगै मर्न गरेको बाचाअनुसार सँगै मर्ने संयोग कमैलाई मिल्छ । यस्तै संयोग जुरेर इलामको सुर्योदय नगरपालिका–९ गहिरी गाउँका पराजुली दम्पत्ती एउटै चितामा जलेर विदा भएका छन् ।
छोराहरु जय र टिका प्रसाद गौतम तथा छोरी
पुष्पा रिजालले दुई घण्टाको फरकमा बुवाआमा गुमाए । बुवाआमालाई एकैपटक
गुमाउनुपरेपछि छोराछोरीलाई दोहोरो शोक परेको छ ।
छिमेकी कृष्ण ढुङ्गानाका अनुसार मृतक दम्पत्तीको स्थानीय त्रिवेणी घाटमा
बुधबार दिउँसो ११ बजे एउटै चितामा दाहसंस्कार गरिएको छ । यो घटना पहिलो
पटक सुनेका सुनपा–४ का दाताराम आचार्यले आश्चर्य व्यक्त गरे । ‘मैले जीवनमा
यस्तो घटना कहिल्यै सुनेको थिइन’, उनले भने ।अर्का छिमेकी दुर्गाप्रसाद खतिवडाले एउटै चितामा जलेका दुबैलाई ‘भाग्यमानी दम्पत्ती’ को संज्ञा दिए । भारतको दार्जिलिङ माइत भएकी दिलकुमारी र काशीनाथले विहे गरेको मिति समेत छोराछोरीलाई थाहा नभएको छिमेकी यादव भट्टराईले बताए ।
उनीहरुलाई त्रिवेणी घाटसम्म लगेर दाहसंस्कार गर्न सयौं मलमीको लर्को लागेको थियो । विवाहपछि गरेको बाचा पुगेको भन्दै कतिपयले ‘भाग्यमानी दम्पत्ती’ ठानेर आफ्नो पनि त्यस्तै मृत्युको कामना गरे । स्रोत :अन्नपूर्ण पोस्ट