एकीकृत माओवादी नैतृत्वको ३० दलीय मोर्चा र नेकपा माओवादीले आह्वान गरेका नेपाल बन्द र आम हडतालका कार्यक्रम स्थगित भएका छन् ।
बन्दको चौतर्फी विरोध भएपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मोर्चा र बैद्य नेतृत्वको माओवादीले आम हडताल र बन्द फिर्ता लिने निर्णय गरेका हुन्
अव प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चा, नेकपा–माओवादी र आदिवासी जनजाती राष्ट्रिय आन्दोलन समितिले मिलेर आन्दोलन गर्ने निर्णय पनि गरेका छन् ।
मोन बैद्यको निवासमा बसेको नेताहरुको बैठकले यस्तो निर्णय गरेको जानकारी एमाओवादी श्रोतले दिएको छ ।
यो सँगै नेकपा–माओवादीले आह्वान गरेको ३ गतेको नेपाल बन्द र मोर्चाले आह्वान गरेको ५ गतेको आम हड्ताल स्थगित भएको छ ।
अव बहुमतको आधारमा संविधान जारी गर्न नदिन मिलेर संघर्ष गर्ने सहमति उनीहरुबीच भएको छ । उनीहरुले माघ ६ गते संयुक्त बन्द गर्ने घोषणा पनि गरेका छन् ।
प्रचण्ड र बैद्य पछि हटे । बन्द र हडतालका कार्यक्रम फिर्ता ।
