भ्यानको ठक्करबाट एकजनाको मृत्यु
१५ माघ, नवलपरासी । नवलपरासीको तम्सरिया ४ अम्रसा चोकमा लु १ च ६६०० नम्बरको पिकअप टाटा भ्यानको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
पाल्पा भालेवास निबासी ५० वर्षीया दियासरा बरुवालको घटनास्थलमै मृत्यु भएको सशस्त्र प्रहरी बेसक्याम्प चोरमाराका प्रहरी निरीक्षक पदम पुनले जानकारी दिए ।
चालक र भ्यानलाई अरुणखोला प्रहरीले नियन्त्रणमा लिएको छ ।
एमाले कार्यकर्ताको हृदयघातबाट मृत्यु
यसैबीच नेकपा एमाले साँफेबगर नगरपालीका १ का वडा कमिटी अध्यक्ष गम्भीर सिंह लुहारको हृदयघातबाट आज मृत्यु भएको छ । न्याय हेल्थ बयलपाटामा उपचारका क्रममा बिहान साढे ५ बजे उनको मृत्यु भएको हो ।
लुहारको निधनप्रति एमाले अछामका उपाध्यक्ष नन्दबहादुर कडायतले शोक विज्ञप्ती निकालेर समवेदना प्रकट गरेका छन् ।