प्रचण्ड पुत्र प्रकाशले पनि यसरी भेट्यो प्रहरीको दनक हेर्नुहोस
काठमाण्डु, ६ माघ– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्र प्रकाश दाहाललाई प्रहरीले लाठी हानेको छ । प्रहरीको लाठीबाट प्रकाश सामान्य घाइते भएका छन् । उनको ढाडमा निलडाम बसेको छ । ३० दलीय मोर्चाको बन्दका क्रममा प्रहरीले उनीमाथि माइतीघर मण्डलामा मंगलबार लाठी हानेको छ ।
बन्दको प्रतिकारमा उत्रिएकाहरुलाई
बन्दकर्ताले लखेटेपछि भएको झडपमा आफूमाथि प्रहरीले लाठी हानेको प्रकाशले
बताए । ‘बन्द शान्तिपूर्ण रुपमा अघि बढेका बेला सरकारले भिजिलान्ते खटाएर
प्रतिकारमा उता¥यो’, प्रकाशले भने, ‘हामीले उनीहरुलाई लखेट्ने क्रममा
प्रहरीले मलाई लाठी प्रहार ग¥यो । उनले प्रतिकारमा उत्रेकाहरुलाई सुरक्षा
दिने प्रहरीले आफूमाथि लाठी हानेको आरोप लगाए । प्रकाशले आफूलाई दुई लाठी
हानिएको जनाए ।