काठमाडौँमा अर्धनग्न जुलुस निस्कँदै, प्रर्दशनकारी भन्छन् यो चेतावनी मात्रै हो
मिडिया एनपी,काठमाडौं ।
पुर्व निर्धारित समयमा नै संविधान जारी गर्नलाई दबाब दिने उदश्यले भिन्न
भिन्न कार्यक्रम भइरहेका छन् । जसको पछिल्लो सृखला एमालेको भ्रात संगठन
युवा संघ नेपालले आज देखाउँदैछ । युवा संघ नेपालले आज अर्धनग्न जुलुस
प्रदर्शन गर्दैछ । माघ ८ भित्रै संंविधान नबनाए सभासदहरु नागरिकबाट नाँगिने
भन्दै उनीहरुलाई चेतना भर्न र चेतावनी समेत दिनलाई अर्धनग्न जुलुस
प्रदर्शन गर्न लागीएको युवा संघ नेपालले जनाएको छ । संघका अनुसार दिउँसो
साढे १२ बजे बुद्धनगरबाट सुरु हुने जुलस बानेश्वर संविधानसभा भवन वरपर
पराक्रमा गर्ने युवा संघ नेपालले जनाएको छ ।