पोखरामा ४.८ रेक्टर स्केलको भूकम्प

१७ माघ, काठमाडौं । पोखरा आसपासको क्षेत्रमा ४.८ रेक्टर स्केलको भूकम्प गएको छ ।
पोखराको बाटुलेचौरभन्दा माथिल्लो क्षेत्रमा रहेको पहाडी क्षेत्रलाई केन्द्र बनाएर भूकम्प भएको हो । भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस भएको थियो ।
कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले अनलाइनखबरसँग भने-‘आवाज निकै ठूलो आएको थियो । तर, अहिलेसम्म कुनै क्षतिको विवरण प्राप्त भएको छैन ।’
Earth-Quick-in-Pokhara