यस्तो छ ओबामाको लभ स्टोरी
एजेन्सी–बिश्वकै सबैभन्दा शक्तिशाली देश अमेरिकाका राष्ट्रपति बराक ओबामा आफै शक्तिशाली व्यक्ति हुन् । ओबामा र उनकी पत्नीको प्रेम कथा आम चासोको विषय हो ।
सुरुवात यसरी भयो ः
१९८९ मा उनीहरुको भेट सिकागोमा भएको थियो । ओबामा र मिशेलले हावर्ड यूनिभसिटीमा सँगै ‘ल’ को पढाई शुरु गरेका थिए । तर मिशेल एक बर्ष पहिले नै पास भएर युनिभसिटी बाट बाहिरिएकी थिइन् ।
त्यसको केहि समय उनीहरुबिच भेटघाट नै भएन । ग्र्याजुएशन पछि मिशेलले शिकागोकै एक ल फर्ममा
काम गर्न थालिन् । फेरी शिकागो नै आएपछि मिशेल र ओबामाको पनि भेट हुन शूरु भयो ।
रोमान्टीक नेचरका ओबामाले मिशेलसँग कयौं पटक डेट गर्न कोशिश गरे तर मिशेलले हमेशा इन्कार गर्दै आइन् ।
लामो समय यसैगरी बितेपछि अन्तत मिशेल ओबामासँग डेट जान राजी भईन् । त्यसको केही समय पश्चात १९९२ मा यी दुईले बिहे गरे ।
ओबामा आफ्नो सफलतामा मिशेलको ठूलो हात रहेको कुरा सार्वजनिक रुपमा नै बताउने गर्दछन् ।
ओबामा भन्छन् ‘यदि मैले मिशेललाई प्रपोज गरेको बेला उनले नो भनिदिएको भए आज म अमेरिकी राष्ट्रपती पदमा हुने नै थिइन ।’
प्रेमको दुइ प्रमाण ः
ओबामा र मिशेलका दुई छोरी छन् । जेठी छोरीको नाम मालिया हो भने कान्छि छोरीको नाम शाशा हो । एक अन्तरवार्तामा मिशेलले ओबामा अझै पनि अफयएर चलिरहेको बेला जस्तै रोमान्टिक नै रहने बताएकी थिइन् ।
प्रेमको दुइ प्रमाण ः
ओबामा र मिशेलका दुई छोरी छन् । जेठी छोरीको नाम मालिया हो भने कान्छि छोरीको नाम शाशा हो । एक अन्तरवार्तामा मिशेलले ओबामा अझै पनि अफयएर चलिरहेको बेला जस्तै रोमान्टिक नै रहने बताएकी थिइन् ।
ओबामाको समय मिल्ने बित्तिकै परिवारसँग रमाउने बानी आफूलाई मन पर्ने उनले बताएकी थिइन् । कुनै समय ओबामा र मिशेलको सम्बन्धमा दरार आएको भन्ने समाचार पनि नआएको हैन । तर पनि ति सबै कुरा मान्न तयार छैन मिशेल ।

