News
»
आफ्नै छोरावुहारीले खान लाउन नदिई तीनवर्षसम्म वन्द कोठामा थुने ५७ वर्षीय हरिमाया रिजाल
आफ्नै छोरावुहारीले खान लाउन नदिई तीनवर्षसम्म वन्द कोठामा थुने ५७ वर्षीय हरिमाया रिजाल
|
|
| आफ्नै छोरावुहारीले खान लाउन नदिई तीनवर्षसम्म वन्द कोठामा थुनेर राखेका कारण पाँचथरको आङसराङ मेहेलवोटेकी ५७ वर्षीय हरिमाया रिजाल मानसिक रुपमा अशक्त वनेकी छिन। |
|
लक्ष्मी गौतम, फिदिम १२ फागुन - आफ्नै छोरावुहारीले खान लाउन नदिई तीनवर्षसम्म वन्द कोठामा थुनेर राखेका कारण पाँचथरको आङसराङ मेहेलवोटेकी ५७ वर्षीय हरिमाया रिजाल मानसिक रुपमा अशक्त वनेकी छिन ।
उनलाई छोरा दिपक तथा वुहारी मिना भट्टराई (रिजाल )ले “पागल” को संज्ञा दिँदै तीनवर्षदेखि घरको तलामाथि एउटै कोठामा थुनेर राखेको रहस्य खुलेपछि जिल्लाका अधिकारकर्मीको पहलमा उद्वार गरी प्रारम्भिक स्वास्थ परिक्षण गर्दा यस्तो समस्या देखिएको हो ।
हरिमायालाई वन्द कोठामा राखिएको रहस्य खुलेपछि अधिकारका लागि महिला एकल समूहकी पुर्व अध्यक्ष सरस्वती रिजाल र मानव अधिकार तथा शान्ति कार्य समूह (प्याग) का अध्यक्ष लेखनाथ खतिवडाको पहलमा गत आइतवार उद्वार गरी उपचारार्थ पाँचथर अस्पताल ल्याइएको थियो । उनको हाल महिला तथा वालवालिका कार्यालयद्वारा सञ्चालित अल्पकालिन आश्रय सहितको घरेलु हिंसा सेवा केन्द्रमा राखेर उपचार गराइदै आएको छ ।
स्थानीय वासिन्दाका अनुसार हरिमायालाई छोरा वुहारीले विगत तीनवर्षदेखि वन्द कोठामा राखेका थिए । “उनलाई खाना दिन कुच्चेको एकथान थाल र एउटा कचौरा कोठामै राखिएको थियो भने, दिशा पिसाव गर्न एउटा भाँडो कोठामै राखिएको थियो, दिसा पिसाव लाग्दा त्यहि भाँडामा गर्थिन, छोरा वुहारीले साँझपख कोठा खोलिदिएपछि चर्पीमा लगेर फ्याक्थिन, त्यसपछि पुनःकोठामा थुनेर वाहिरवाट ताला लगाइदिन्थे ।”–एकजना छिमेकीले नाम उल्लेख नगर्ने सर्तमा भने ।
“छोरा वुहारीले उनलाई खानेकुरा दिँदा थाल वाहिर निकाल्न लगाएर पनि झ्यालवाटै मिल्काइदिन्थे । त्यो पनि उनीहरुकै अनुकुल समयमा मात्रै, प्रायः उनलाई पेटभरी खान कहिल्यै दिइएन, ओढ्न ओछ्याउन दिइएका कपडा पनि फाटेर छ्यान्द्रा छ्यान्द्रा भइसकेका थिए । –उनले थपे ।”
स्थानीयका अनुसार छर छिमेकमा विवाह, व्रतवन्ध र पुराणजस्ता सामाजिक कार्यमा जानका लागि हार गुहार गर्दा पनि छोरा वुहारीले उनलाई कहिल्यै ढोका खोलिदिएनन । यसरी मानसिक यातना सहित वन्द कोठामा थुनिएकी उनले त्यो अवधिमा भोकभोकै दिनरात काटाएको जानकारी पाएपछि उद्वार गरिएको प्यागका अध्यक्ष लेखनाथ खतिवडाले वताए ।
स्थानीयका अनुसार हरिमायाका श्रीमान कपिलमुनीले २०४४ सालमा दोस्रो विवाह गरेर घर छोडेका छन भने जेठो छोरो तिवेन्द्र शारिरिक रुपमा अशक्त छन । उनकी एउटी छोरी विवाह पश्चात मोरङ जिल्लामा वसोवास गर्दै आएकी छिन ।
“छोरा छोरीले पहिले पहिले असाध्यै माया गर्थे ,छोरीलाई ज्वाईका घर पठाइयो,घरमा वुहारी भित्¥याइयो,त्यसपछि यो हालत वनाए ।” उनले हरिमाया भन्छिन ।
छोरावुहारीको दुव्र्यवहारमा परेकी हरिमाया डिप्रेसनका कारण मानसिक समस्यामा पर्नुका साथै शारिरिक रुपमा पनि कमजोर वनेको उपचारमा संलग्न पाँचथर जिल्ला अस्पतालका डाक्टर पवनजंग रायमाझीले जानकारी दिए ।
हिंसामा परेकी रिजालको उपचार गर्नुका साथै परिवारको जिम्मा लगाउने र परिवारले जिम्मा नलिए कानूनी कार्वाहि अगाडी वढाउने तयारी भइरहेको पाँचथरका प्रमूख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए । |