प्रचण्डलाई ‘झुण्ड्याउने’ तयारी भएकाले आन्दोलनमा जान लागेका हौंः शर्मा -
पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा मंगलबार पत्रकारहरुसँग कुरा गर्दै शर्माले सत्तासीन प्रतिक्रिवादी वर्गको त्यस प्रकारको षड्यन्त्रविरुद्ध जनतामा जान लागिएको बताएका हुन् ।
शर्माले आफूहरु राजनीतिक रुपमा पराजित भएका दिन ‘हेगमा’ लगेर झुण्ड्याउन सक्ने खतरा रहेको भन्दै अन्तिम विकल्पका रुपमा आन्दोलनमा जान लागिएको उल्लेख गरे ।
‘हामी गर या मरको अवस्थामा छौं’, शर्माले भने, ‘हामीले हारेका दिन शीर्ष नेतृत्वसहित हामी सबैलाई झुण्ड्याउने तयारीमा प्रतिक्रियावादी र साम्राज्यवादीहरु छन् ।’
प्रवक्ता शर्माले आफ्ना अध्यक्ष प्रचण्डलाई साम्राज्यवादी शक्तिले खतराका रुपमा बुझेर राजनीतिक, वैचारिक र व्यवहारिक रुपमा सकाउने खेल पहिल्यैदेखि जारी राखेको दाबी गरे ।
प्रवक्ता शर्माले आफ्ना अध्यक्ष प्रचण्डलाई साम्राज्यवादी शक्तिले खतराका रुपमा बुझेर राजनीतिक, वैचारिक र व्यवहारिक रुपमा सकाउने खेल पहिल्यैदेखि जारी राखेको दाबी गरे ।
‘हाम्रो नेतृत्वको विरुद्धमा प्रचार गरेर, बदनाम गरेर राजनीतिक, वैचारिक र व्यवहारिक रुपमा कमजोर पारेपछि माओवादी आन्दोलन कमजोर हुन्छ भन्ने ढंगले प्रतिक्रियावादी आएका छन्’ शर्माले भने ।