रक्सी खाएर विवाह गर्न आएका बेहुलालाई बेहुलीको यस्तो झापड !
एजेन्सी । भारतको उत्तर प्रदेशको हापुड जिल्लामा एक दुलाहीले एक साहसी कदम उठाउँदै वरमालाकै क्रममा विवाह गर्न अस्वीकार गरेकी छन् । बेहुलाले मादक पदार्थ सेवन गरेर आएपछि उनले विवाह अस्वीकार गरेको विषयलाई परिवारका सदस्यले समेत साथ दिएका छन् । झगडा परेर कुटपिट सम्म पुगेपछि उनको विवाह सोही विवाहमा सहभागी हुन आएका बहिनीका देवरसँग गराइएको छ । कदौला भन्ने स्थानमा बस्ने ओमपाल चौहानले आफ्ना दुई छोरी प्रिया र सोनमको विवाह शुक्रबार एकसाथ गराउँदै थिए । विवाहको कार्यक्रम सुरु भएपछि ती रक्सी शेवन गरेर आएका दुलाहाले भने त्यहाँ आएका बाजा बजाउने र गाउँलेका साथै बेहुलीलाई समेत गाली गरेका थिए । प्रियाले रक्सी खाने र गाली गलौज गर्ने युवकसँग विवाह नगर्ने घोषणा गरेपछि केटा पक्ष भने रिसाएर कुटपिटमा उत्रिएका थिए । तर, गाउँका गन्नेमान्नेहरुले प्रिंयाको कुरालाई समर्थन गरेपनि रित्तो हात फर्किएका थिए । प्रियाकी बहिनी सोनमको विवाह मुल्हैडाका कुंवरपाल सिंहका जेठा छोरासँग भएको हो । उनकै भाई मोहितसँग प्रियाको विवाह भयो र प्रिया बहिनी सोनमकी देवरानी बनेकी छन् । यस घटनाले विवाहका क्रममा रक्सी पिउने बेहुलामाथि नराम्रो झापड लाग्नुका साथै अन्यलाई समेत सोच्न बाध्य बनाएको छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला