फेसबुकमा फेक फेसबुक आइडी’ थाहा पाउने १० तरिका

फेसबुकमा महिलाको नक्कली आइडी बनाएर युवाहरुलाई उल्लु बनाउने मानिसहरुको कुनै कमी छैन । युवकहरु पनि महिलाको नामबाट बनेको आइडीबाट फ्रेन्ड रिक्वेस्ट आउँदा नै केहि नबुझी कम्फर्म गर्ने गर्दछन् । अथवा आफैँ कुनै नाम सर्च गरेर आइडी खोजी गर्दछन् र फेसबुकमा साथी बन्ने गर्दछन् । यस्तो प्रकारको नक्कली आइडी तपाईंलाई केवल उल्लु बनाएर फाइदा उठाउनका लागि तयार गरिएको हुन्छ । सायद यसो गर्दा मानिसहरुले केहि हदसम्म सन्तुष्टि पाउने गर्दछन् । यस्तो आइडीका कारण थुप्रै मानिसहरुले थुप्रै प्रकारको समस्यासमेत झेल्नुपरेको हामीमध्ये थुप्रैले समाचार पढेका छौँ । अथवा हामी आफैँ पनि यसको शिकार भएका हुनसक्छौँ जसले थुप्रैलाई मानसिक यातनासमेत दिने गरेको छ । यस्तो समस्याको कसैले समाधान गर्नु नपरोस् भन्नका लागि यहाँ हामीले नक्कली फेसबुक आइडी थाहा पाउने तरिकाको जानकारी दिँदै छौँ । प्रोफाइल फोटो नियाल्नुहोस्ः फेक आइडी थाहा पाउने सबैभन्दा राम्रो तरिका भनेको प्रोफाइल फोटो नै हो । यदि पूरै अकाउन्टमा एउटा मात्र फोटो छ भने त्यो फेक आइडी भएको थाहा पाउनुहोस् ।