इटहरीको गोरखा डिपार्टमेन्टमा आगलागी

इटहरीमा रहेको पूर्वाञ्चलकै प्रतिष्ठित ब्यापारीक केन्द्र गोरखा डिपार्टमेन्ट स्टोरको बेकरी रुममा बुधवार बिहान आगलागी भएको छ । बेकरीमा आगलागीको कारण खुल्न नसके पनि विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरीएको छ । आगलागीबाट गोरखा बेकरी भित्र रहेका २५ लाख आइसी बराबरको अत्याधुनिक मेसिन कामै नलाग्ने गरी क्षति पूगेको गोरखा डिपार्टमेन्ट स्टोरका कर्मचारीहरुले बताएका छन । बेकरी कक्षमा लागेको आगो इटहरी उपमहानगरको बारुण यन्त्र र डिपार्टमेन्टकै कर्मचारीहरुको सहयोगमा करीब आधा घण्टा पछि नियन्त्रणमा लिएका थिए । आगलागी नियन्त्रण गर्ने क्रममा स्टोरका केही कर्मचारीहरु घाइते भएका अन्य कर्मचारीहरुले बताए । -