नाउन्टि फाउन्टिन’ गीतमा ‘तक्मे’को पार्वतीसँग मस्ती

‘नाइन्टिन फाउन्टिन युद्धा लड्दा पाको मैले तक्मा’ बोलको गीत रेकर्ड गराएको विल्सन विक्रम राईले लामो समयपछि यसको भिडियो तयार पारेका छन् ।
पूर्वका विभिन्न रमणिय स्थानमा खिचिएको भिडियोमा विल्सनले मोडल पार्वती राइसँग मोडलिङ गरेका छन् । गीत रेकिडङको मात्र भिडियो सार्वजनिक गरेका विल्सनले यसले चर्चा पाएपछि भिडियो निर्माण गरेका हुन् ।
take-buda
पूर्वको संकृती समेत झल्कने गरेर आफूले भिडियो तयार पारेको विल्सनले अनलाइनखबरलाई जानकारी दिएका छन् । सुनिल जंग थापाले निर्देशन गरेको भिडियोलाई विक्रम वीसीले खिचेका छन् । उनले आफ्ना पुराना साथीहरुसँग काम गरेको बताए ।
takme-buda-1
भिडियोमा विल्सन विभिन्न गेटअपमा देखिएका छन् । उनी कही मोडल राइसँग मस्ती गर्दै गरेको अवस्थामा  देखिएका छन् भने कही आफ्नो ‘तक्मे बुढा’को गेटअपमा देखिएका छन् ।