ज्योति मगर लाइ ‘हट’ पोसाक नै मन पर्छ रे ...

काठमाडौं । लोक गायिका ज्योति मगर विभिन्न समयमा विभिन्न हर्कले सधैं चर्चामा रहन्छिन् । केही समयअघि उनले जापानमा गरेको उत्तेजक प्रस्तुतीले विवादै सिर्जना गरेको थियो । तर उनी आफैले भने आफूलाई ‘हट’ पोसाक मन पर्ने बताउँछिन् । निकै हिट गीतहरुमा स्वर दिएकी ज्योतिले फेरि सामाजिक सञ्जाल फेसबुकमा उत्तेजक तस्वीर शेयर गरेकी छन् । फेसबुकमा उनले आफूलाई माया गर्ने सबैलाई भ्यालेन्टाईन डेको शुभकामना समेत दिएकी छन् ।