कोरिया बाट चिठ्ठी प्यारी तिमिलाई !!
कोरिया बाट चिठ्ठी प्यारी तिमिलाई !!
प्रिय नानु !!
धेरै धेरै माया र सम्झना !!
यता कोरियामा म र मसँगै झण्डै २५-३० हजार नेपाली आरामै छौँ । आशा छ, त्यहाँ पनि तिमीलगायत सम्पूर्ण नेपाली आरामै छौ होला । श्री रेमिटेन्स ज्युको खेती गर्ने किसानहरूका कृपाले सवैको कल्याण होस् भनी कामना गर्दछु ।
तिमीले रेडियोमा सुनेका र पत्रपत्रिकामा पढेका घटना झुठा हुन् ।हाम्रा ६०१ सभासदको कसम झुठो लेखेको भए यिनको सत्यनास होस् । यँहा कोरियामा कोही पनि मर्दैन ।
समुन्द्रमा माछा मार्दा डुबेर , सडकमा बाटो काट्दा , दुई गाडी जुधेर, सुतेको सुत्यै भएर, विजुलीको करेन्ट ,मेसिनले थिचेर, जमिनबाट माथि हेर्दा टोपी खस्ने टावरबाट खसेर, शारिरिक र मानसिक पीडा सहन नसकी आत्महत्या गरेर, ठूला र गह्रौं सामानले थिचिएर आदि कारणले बाहेक कोही नेपाली मरेकै छैनन् । विश्वास गर ।
हामीलाई त कोरियामा मोज छ मोज । कतिसम्म मोज छ भने आजका मितिसम्म हामी कसैका शरिरबाट रगतको त के कुरा, पसिनासम्म झरेको छैन । यो बेग्लै कुरा हो लाटी कि रगत र पसिनाले लगाएका लुगा निथ्रुक्क भिजेर शशिरमै सुक्छन्।
यहाँ त पैसा बोटमा फल्छ । पैसाको बोटमा टुप्पाटुप्पाबाट तेल झरिरहन्छ र बोट हाँगा खुर्केर गाडिएको हरियो बाँस जस्तो भएकाले टिप्न कति सजिलो छ सिस्नु टिपे जतिकै । अझ यसरी बुझ यहाँ पैसा टिप्न तिमीले सासुका जुम्रा टिपे जतिकै सजिलो छ ।
विदेश कस्तो होला कोरिया कस्तो होला? भनेर सोचिहौलि सगरमाथामा जस्तै हिउ पर्छ ! यहाँ त्यस्तो चिसो हिउ मा धरोधर्म हामीले टेक्नु पनि पर्दैन । हामीले यो हिउ सोर्नु पनि पर्दैन । तिनिहरू साहुले एकपटक सेकिया तोक्पारो हे भने पछी कम्पनि मा भएका ८-१० जना मान्छे ले आफै सफा गर्छन । यहाँका हिउले खाएका उजाड स्थललाई फुलैफूलको बगैँचा पनि बनाउनु पर्दैन हामीले । खाली रोपीदिए, गोडीदिए, पानी हालीदिए पुग्छ ।
यहाँ त पोखराकै जस्तो एकनासको मौसम छ । न जाडो न गर्मी ! तर तिमिले बिज्ञान पढ्दा सुने हौली ! माइनस १ मा पानि जम्छ भनेर ! तर जाडोमा माइनस २०-२५ डिग्री र गर्मीमा ४०-५० डिग्री माथिको तापक्रम हुनु र पैसा टिप्दा टिप्दै (काम गर्दागर्दै) बेहोस हुनु ! मेसिनमा काम गर्दा गर्दै मेचिन ले थिचेर बेहोस हुनु त सामान्य नै हो नि,उता नेपालमा यात्रु सहित कालिगणडगीमा खसेको अग्नी एयरको जहाज जस्तै हो ! यहाँ जाडोमा उड्दाउड्दैका चरा खस्छन् र पनि यसलाई तिमीले कोरियामा जाडो रहेछ नभन्नु । धरोधर्म यी सबै जाडोको कारण हुँदै होइन । एउटा आशा लाग्दो कुरो के छ भने कोरियामा झण्डै ५००-६०० सय नेपाली ब्यापारीहरू छन् । तर तिनिहरू आफ्नो पसल मा साहु र भोटको कम्पनिका कामदार हुन् । तिनको पसल सनिबार वेलुका र आइतबार दिनभरि मात्र खुल्छ । तर हप्ता दिनलाई पुग्नेगरी बिक्री हुन्छ भन्दा तिमीलाई अनौठो लाग्ला । नलागोस् पनि कसरी ? नेपालमा आन्दोलनका बेला विसौँ दिन बन्द हुने र मरेर दश दिन पसल खोल्दा पनि दुई दिनलाई नपुग्ने देखेकी तिमीलाई यस्तो लाग्नु स्वभाविक हो । तिनका पसलमा मा हुण्डीको कारोबार र देशीविदेशी निलादेखि सादा चलचित्रका सिडि, नेपाली गुट्खा, खुकुरी चुरोट, विभिन्न ब्राण्डका खैनी पाइन्छन् । त्यसो त केही ब्यापारीहरूले डाईस खेलाएर ‘स्वस्थ मनोरञ्जन’ दिएका छन् । तर हुण्डी भनेको गैरकानुनी हुन् । तिनको सम्बन्ध सिधै जेलसँग हुन्छ ।
मैले ३० दिन ‘मोजमस्ती’ गरेर बचेको रकम महिना बितेसी पठाएकै छु । तिमीले पनि त्यो पैसाले मोजमस्ती गर्नु । हाम्रा छोराछोरी त छैनन् अब तिनको नाममा खर्च गर्ने कुरो भएन । कहिले मेरी सासुका नाममा त कहिले तिम्री सासुका नाममा खर्च गर्नु । हप्ताभरिका बजार नछुटाउनु । ‘किन्न मन’ लागेका लत्ताकपडा, सरसामान किनिहाल्नु । पोइले कमाएको जोइले खर्च गर्ने रिती नै हो कालि ! नेपाल मा कमाइ रहेका बुडाहरुलाई पनि सरकारी जागिर छुटाई छुटाई कोरियामा पैसा टिप्न बिदेश पठाउनु है प्यारीहरु।अब धेरै के लेखौँ धेरै लेख्दा फेरि तिमिलाइ पढ्न पनि झ्याउ लाग्ने छ सबै उहि पुराना कुरानै हुन बाकि अर्को पत्रमा लेख्नेछु पैसाले गोदाम भरियो भने घर बोलाउनु घर फर्किउला अहिले लाई बिदा,,अन्तिममा साच्ची नै कोरिया मा यस्तै हुन्छ प्यारि हरु ।
उहि तिम्रो काले !!