भूकम्पका कारण मैदान बन्यो गोरखाको बारपाक

गोरखा, वैशाख १३ – निकै लामो समय प्रहरीसमेत सम्पर्कमा आउन नसकेको गोरखाको बारकपाक क्षेत्र भूकम्पका कारण मैदान जस्तै बनेको बताइएको छ । बारपाकमा भूकम्पमा परि घाइते हुनेहरुलाई उपचारका लागि पोखराको गण्डकी मेडिकल कलेज पु¥याइएको छ । उपचारका क्रममा पोखरा पु¥याइएका सन्त बहादुर घलेले भूकम्प जाँदै गर्दाको पल सम्झदै भने, ‘म घरमै थिएँ अचानक एकैचोटी गर्याप गर्न थाल्यो, मेरो अगाडि २ जना पूरिए । आइतबार बिहान एक जनाको मृत्यु भयो । गाउँ मैदान जस्तै भएछ ।’ बारपाकबाट सेनाको हेलिकप्टरमा राखेर ३२ जनालाई उपचारका लागि पोखरा पु¥याइएको छ ।