News
»
खाडीबाट आएका कामदारको साथमा १२ किलो सुन
खाडीबाट आएका कामदारको साथमा १२ किलो सुन
काठमाडौ, माघ २१ - बैदेशिक रोजगारीबाट आएका एक ब्यक्ति अबैध १२ किलो सुन सहित पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले झापाका बोधराज पौडेलको लगेजबाट १२ किलो अबैध सुन बरामद गरेको हो । भन्सार कार्यालयका अनुसार ५ बर्ष दुबई बसेर आएका पौडेल साढे ३ बजे कतार एयरवेजको उडानमा काठमाडौं अवतरण गरेका थिए । उनले भन्सार अधिकारीलाई उक्त बरामद सुन आफ्नो नभएको दाबी गरेका छन् । आफूसंगै काम गर्ने साथीले सामान भन्दै पुर्याउन दिएको र आफूलाई झोला भित्र सुन भएको कुरा समेत थाहा नभएको दाबी गरे । उनलाई हिरासतमा राखेर अनुसन्धान सुरु भएको छ ।