हराइरहेकी दुई किशोरी मृत फेला
दाङ, माघ २४ – दाङको तुलसीपुरमा हिजो साँझ दुई युवती मृत फेला परेका छन् । १८ दिनअघिदेखि बेपत्ता भएका किशोरी तुलसीपुर–११ बटवलपुरको मायालु सामुदायीक बनमा मृत फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
मृत फेला पर्नेमा सल्यानसिनाबाङ–३ की १७ वर्षीया सुनिता भण्डारी र तुलसीपुर–६ गाइडहरकी २० बर्षीया उषा केसी रहेका छन् ।
राप्ती बिद्यामन्दीर तुलसीपुरमाकक्षा १२ मा अध्यनरत सुनिता र उषा भाँडामा बस्दै आएको कोठाबाट मोबाइल छाडेर बेपत्ता भएका थिए ।
घटनाको प्रकृति हेर्दा उनीहरुको केही दिन अघि नै मृत्यु भएको हुन सक्ने प्रहरीले बताएको छ । शब फेला परेको स्थानमा विषादीका डिब्बाहरु पनि भेटीएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरिक्षक चक्रराज जोशीले जानकारि दिए ।
