इराकमा श्रृङ्खलाबद्ध विष्फोट, ३० को मृत्यु
१३ फागुन, काठमाडौं । इराकको राजधानी बगदाद र आसपासका क्षेत्रमा श्रृङ्खलाबद्ध बम विष्फोट हुँदा ३० जनाको मृत्यु भएको छ ।
त्यसको केही मिनेटमै सडकमा रोकिराखेको कार बम विष्फोट भएको थियो ।
विष्फोटमा कस्को हात छ भन्ने एकीन नभएको बीबीसीले जनाएको छ । तर इस्लामिक स्टेट विद्रोहीको हात भएको अनुमान गरिएको छ ।
छुट्टै इस्लामिक राज्य माग गर्दै ईस्लामिक स्टेट विद्रोहीले इराकमा गतिविधि तिव्र बनाएको छ । त्यसलाई नियन्त्रण गर्न अमेरिका लगायत शक्ति राष्ट्रहरुले संयुक्त सैन्य अभियान चलाए पनि प्रभावहीन देखिएको छ ।
