एसिड खन्याउँनेलाई फाँसीको सजाय दिन माग

आइतबार एसिड छ्यापिएको विरोधमा विद्यार्थीहरुले सोमबार त्यसको बिरोधमा प्रदर्शन गरेका छन् ।नेक्रविक्रम चन्द नेतृत्वको नेकपा–माओवादी निकटको विद्यार्थी संगठनको अगुवाइमा घटनामा संलग्नहरुलाई कडाभन्दा कडा कारबाही गर्न माग गर्दै प्रदर्शन गरिएको थियो । बसन्तपुरबाट सुरु भएको विरोधजुलुस नयाँ सडक, रत्नपार्क, बागबजार, पुतलीसडक, पद्मोदय मोड, भद्रकाली, सुन्धारा हुँदै पुनः बसन्तपुरमा पुगेर

टुङ्गिएको थियो ।। विरोधर्यालीमा राजधानीका झन्डै आधादर्जन विद्यालयका विद्यार्थीहरुको शहभागिता रहेको थियो ।उनीहरुले एसीड प्रहारबाट घाइते भएका छात्राद्धय संगीता मगर र सीमा बस्नेतको निःशुल्क उपचार गर्नुपर्ने, दोषीलाई फाँसी दिनुपर्ने लगायतका माग अघि सारेका छन् । राजधानीको बसन्तपुर झोंछेंस्थित प्लस ट्युसन सेन्टर’मा ट्युसन पढ्न गएका संगीता र सीमामाथि आइतबार बिहान ६ बजे माक्स लगाएर गएको युवकले कक्षाकोठाभित्रै पसेर एसिड प्रहार गरेको थियो ।एसिड प्रहारबाट घाइते भएकी सिमाको वीर अस्प्ताल र संगीताको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार भैरहेको छ ।घटनामा संलग्न भएको आशंकामा प्रहरीले केही ब्यक्तिहरुलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको जनाएको छ ।