मान्छे मर्दा धुमधाम खुसीयाली मनाउने अनौंठो परम्परा

मान्छे जन्मिँदा आफन्तहरु खुसी हुन्छन् भन्दा मर्दा शोक मनाउँछन् । आफन्त वा साथीभाई अथवा अपरिचित नै किन नहोस् कोही मानिस मर्यो भनेको सुन्दैमा नमीठो लाग्दो । तर यो दुनियामा यस्ता केही समुदाय पनि छन् जसले मानिस मर्दा शोक मनाउनुको साटो धुमधाम खुसीयाली मनाउँछन् ।
संसारको चिडियाखाना भनिने अफ्रिका महादेशमै पाइन्छ आखिर यस्तै यस्तै आश्चर्य लाग्ने परम्परा । घाना देशमा बस्ने एक आदिवासी समुदायका मानिसहरुले आफन्त मर्दा खुसी मनाएर नाचगान गर्दछन् । घानियन भनिने ती आदिवासी समुदायहरु कोही मानिस मर्दा उसको अन्तिम संस्कारका बेला बिहेमा जन्तिले रमाइलो गरेजस्तै गरि नाचगान र रमाइलो गर्छन् ।
मानिस मर्दा खुसी मनाउने यो परम्परा उक्त समुदायमा सदियौँ देखि चलिआएको हो । आफ्नो परिवारको कुनै सदस्यको मृत्यु भएपछि हाम्रो पितृकार्य गरी शोकपूर्वक पितृप्रसाद वितरण गरिएजस्तै त्यहाँ मलामी पार्टी दिने चलन छ । उक्त भोजमा राम्रो राम्रो कपडा पहिरिने तथा निकै नाचगान गरिनुका साथै मिठा मिठा परिवार पाहुनालाई खुवाइन्छ । यो भोजका दौरान परिवारका सदस्यहरुले मृत व्यक्तिको तस्वीर भएको टिसर्ट लगाउँछन् ।
पाहुनाहरुले समेत नानाथरीका वस्त्र आभुषण लगाएर मृत्यु भोजमा आई खुसीयाली मनाउँछन् ।

funeral-fashion-ghana-2 funeral-fashion-ghana-3