तपाईहरुको चिनो 'कोहिनुर' लिएर अमेरिका आउँदैछुः स्वेता खड्का

काठमाडौं, चैत ८ । कोहिनुर नायिका स्वेता खड्का अमेरिका जाँदैछिन् । फ्रेबुअरी १५ मा मलेसियाको राजधानी क्वालालम्पुरको केएलसिसिमा भएको कोहिनुर चलचित्रको सो पछि उनी अब अमेरिका चलचित्रकै सो को लागि जाने भएकि हुन् ।



श्रीकृष्ण श्रेष्ठको अन्तिम चलचित्रका रुपमा नेपालमा ब्लक बस्टर व्यापार गर्न सफल भएको चलचित्र कोहिनूरले सम्पुर्ण नेपालीहरुको मन जित्न सफल भएको थियो । यसैबिच नायिका स्वेता खड्काले आफ्नो फेसबुक मार्फत अमेरिकाको बिभिन्न शहरमा चलचित्र कोहिनुर लिएर जाने उनले लेखेकी छिन् ।

प्रस्तुत छ नायिका स्वेता खड्काको फेसबुक स्टाटस:
"हजुरहरुको निरन्तर माया , साथ र आशिर्बादको फलस्वरुप अब केहि दिनमा म आफु संगसंगै हजुरको चिनो कोहिनुर मुभि लिएर अमेरिका बिभिन्न शहरहरुमा आउनेछु भन्ने कुरा आज यो फेसबुक मार्फत जानकारी गराउन चाहन्छु ... मलेसियामा सम्पन्न भएको कार्यक्रमलाई सफल बनाउन दुवै प्रतक्ष र अप्रतक्ष रुपमा सहभागिता जनाएर आ (आफ्नो भूमिका निभाईदिनु हुने सम्पूर्ण महानुभाभहरुलाई म मेरो हृदय देखि धन्यबाद आभार प्रकट गर्दछु , साथै छिटै सम्पन्न हुन लागेको अमेरिकाको कार्यक्रमलाई पनि धेरै माया गरेर हजुरहरुले सफल बनाउन ठुलो भूमिका खेलिदिनु हुनेछ भन्ने कुरामा म लगाएत हाम्रो पुरा कोहिनुर टिम ढुक्क र अति आशाबादि छौ " ।