नेपाली भुमिमा छिरेर नेपालीमाथि गोली चलाय भारतीय रक्षकले

चैत्र १४ - बर्दियासँग सीमा जोडिएको नेपाली भूमिमा पसेर भारतीय वन रक्षकले नेपालीमाथि गोली प्रहार गरेका छन् । भारतीय सीमा नजिकैको मुर्तिया रेञ्जपोष्टका वन रक्षकहरुले नेपालीमाथि गोली चलाएका हुन् । गोली लागि रमेश लोध घाइते भएका छन् । उनको आँखामा छर्रा लागेको छ ।इकान्तिपुर डटकममा खबर छ ।



बर्दियासँगै सीमा जोडिएको दशगजानजिकै ६१ र ६२ नम्बरको सीमा स्तम्भको बीचमा ५ सय मिटर भित्र आई भारतीय वन रक्षकले गोली चलाएका हुन् ।

दशगजा नजिकैको सीताराम लोधको खेलमा मुसुरो काट्न गएका रमेश लोध, भेरी लोध, चोपो लोध र बुद्धि लोधलाई ताकेर भारतीय वन रक्षकले गोली चलाएका हुन् । उनीहरुले ५ राउण्ड गोली हानेको पीडितहरुले बताएका छन् ।

घाइतेलाई उपचारको लागि बर्दिया जिल्ला अस्पताल ल्याइएको छ । उनीहरुले १२ बोरको बन्दुकबाट गोली चलाएको र घटनास्थलमा एउटा खोका बरामद गरिएको प्रहरी नायब उपरीक्षक दीपककुमार बस्नेतले जानकारी दिए ।

घटनास्थल सदरमुकाम गुलरियाबाट ५ किलोमिटर दक्षिण पर्छ । गोली प्रहारको घटनालगत्तै जिल्ला प्रशासन कार्यालयमा सुरक्षा बैठक डाकिएको छ ।इकान्तिपुर डटकममा खबर छ ।
Source-www.ekantipur.com