बलात्कारीलाई कारबाही माग गर्ने महिलामाथि प्रहरीको लाठी
फोटो :बलात्कारीलार्इ कारबाही माग गर्दै प्रदर्शनरत महिलालार्इ रोक्दै प्रहरी । फोटो : क्रान्ति शाह
वीरगन्ज : बलात्कारीलाई मृत्युदण्डको सजाय हुनुपर्ने माग गर्दै बाराको कलैयामा प्रदर्शनरत महिला र प्रहरीबीच बिहीबार झडप भएको छ । जिल्ला प्रशासन कार्यालय अगाडि हातमा झाडु लिएर प्रदर्शनरत महिलालाई प्रहरीले रोक्न खोज्दा झडप भएको हो ।
झडपका क्रममा प्रहरीले लाठी चार्ज गर्दा सातजना महिला सामान्य घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालय अगाडि प्रहरीमाथि झाडु र ढुंगा प्रहार गरेपछि लाठी चार्ज गरिएको बाराका प्रहरी नायव उपरीक्षक रविन्द्र रेग्मीले बताए ।
प्रर्दनशनकारी महिलाहरुले कलैया बजार पनि बन्द गराएका छन् । प्रदर्शनमा सहभागी महिलाले बलत्कारको आरोपमा पक्राउ कन्हाइ गुप्तालाई हिरासतबाट निकालेर आफूहरुलाई सुम्पन माग गरेका छन् ।
प्रदर्शनकारीहरुले कलैया–६ स्थित कांग्रेसको पार्टी कार्यालय अगाडि पनि टायर बालेर प्रदर्शन गरेका छन् । प्रदर्शनलाई लक्षित गरी अहिले जिल्ला प्रशासन कार्यालय आसपास र भरत चोकमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
पूजाको शव आज पनि सडकमै
प्रदर्शनमा सर्वसाधरण महिलासँगै महिला अधिकारकर्मीको पनि सहभागिता छ । यसैबिच कलैयाको भरत चोकमा बेटी बचाउ संघर्ष समितिले बिहीबार तेश्रो दिन पनि बलात्कृत बालिकाको शवसहित धर्ना र प्रदर्शन जारी राखेको छ ।
संघर्ष समितिको आह्वानमा कलैया बजार बुधबार दिउसो देखि बन्द छ । समितिले बलत्कारीलाई मृत्युदण्ड दिने कानूनी प्रावधानको व्यवस्था कानुनमा उल्लेख नभएसम्म बालिकाको शव नजलाउने अडान राखेको छ ।
समितिले बालिकाको बलत्कार र हत्यामा संलग्नलाई मृत्युदण्डको संवैधानिक व्यवस्था हुनुपर्ने, गृहमन्त्री वामदेव गौतमले राजीनामा दिनुपर्ने, कलैयामा भएका बालिका बलत्कार र हत्याका घटनाको वैज्ञानिक अनुसन्धान गर्नुपर्ने र पीडित परिवारलाई १० लाख राहत उपलब्ध गराउनुपर्ने माग गरेको छ ।
उनीहरुले कलैयावासीको शान्ति सुरक्षाको राज्यद्धारा सम्बोधन हुनुपर्ने, कलैया नगरक्षेत्रमा नाइट भिजन सिसि क्यामेरा जडान गर्नुपर्ने, हत्या गरिएका आशीष गुप्ता र रिया साहको हत्यारालाई सार्वजनिक गर्नुपर्ने माग गरेका छन् ।
कलैया मदर्शा टोलकी सात वर्षीया बालिका कलैया–६ मा रहेको श्री त्रिचन्द्र उच्च माविको दक्षिणपट्टी फागुन ९ गते शनिवार विहान निर्वस्त्र र अचेत अवस्थामा फेला परेकी थिइन् ।
बालिकाको वीरगन्जमा उपचार हुन नसकेपछि थप उपचारका लागि दुई हप्ताअघि हेलिकोप्टरबाट काठमाडौं लगिएको थियो ।
काठमाडौंको कान्तिबाल अस्पतालमा उपचारका क्रममा उनको गत आइतबार मृत्यु भएको हो । बालिकाको बलात्कारमा संलग्न रहेको आरोपमा प्रहरीले फागुन १० गते कलैया ४ निवासी २८ वर्षीय कन्हाई गुप्तालाई पक्राउ गरिसकेको छ ।