मलेसियामा हराएको छोरो भेटिएपछि आमा हर्षित

फोटो :मलेसियामा भेटिएका दिलबहादुर
धादिङ : मलेसियामा रोजगारीका क्रममा एक वर्षअघि देखि हराएकाभ धादिङको कुम्पुर गाउँ विकास समिति–८ का दिलबहादुर श्रेष्ठ भेटिएका छन् । चार वर्षअघि रोजगारीका लागि मलेसिया पुगेका उनी एक वर्षदेखि हराएपछि घरमा रुवाबासी चलेको थियो ।

मलेसियामा दिलबहादुर वेपत्ता भएको समाचार अन्नपुर्णपोष्ट डट कम र अन्‍नपूर्ण पोस्ट् दैनिकमा छापिएपछि मलेसियामा रहेका नेपालीले उनको खोजी थालेका थिए । मलेसियामा रहेका अन्य नेपालीले दिलबहादुरको खोजी गरेर धादिङस्थित घरमा सम्पर्क गराएपछि उनको परिवारमा खुसियाली छाएको छ ।
fशीर्षकको समाचार पढेपछि मलेसियामा रहेका धादिङको नलाङका दीपक गुरुङ र बाँकेका टोपेन्द्र कार्कीले उनी आफूहरुसँगै कम्पनीमा काम गरिरहेको जानकारी दिएको सुरक्षित आप्रवासन (सामी) जिल्ला परियोजना संयोजक कमल रोकायले बताए । - See more at: fमलेसियामा पुगेर पैसा कमाउन नसकेपछि उनी परिवारको सम्पर्कबाट बाहिर गएको उनका साथीहरुले जानकारी दिएका छन् ।

छोरो सम्पर्कमा आएपछि आमा लालमाया पनि खुसी भएकी छिन । ‘छोराको अत्तोपत्तो नहुँदा साह्रै पिर परेको थियो’, अन्नपूर्णसँगको टेलिफोन कुराकानीमा उनले भनिन्, ‘अहिले फोनबाट सम्पर्क गरेको छ, छोरासँग बोल्न पाउँदा साह्रै खुसी लागेको छ ।’

दिलबहादुरले काम गर्न कम्पनीमा जाँदा मोबाइल पनि हराएको र आफू पनि विरामी भएकाले फोन नगरेको बताएकोे बताएको लालमायाले बताइन् ।