तीनदिन देखि हराइरहेका बुवा खोजिदिन केशवको आग्रह

कुविक एनपी न्युज

सुरुङ्गा, चैत १० : चैत ७ गतेदेखि हराइरहेका बुवा खोजिदिन छोरा केशव काफ्लेले सबैलाई आग्रह गरेका छन् । काफ्ले नागी ६ पाँचथरमा स्थायी वसोवास गर्दै आएका र कनकाई बहुमुखी क्याम्पस सुरुङ्गामा अध्ययनरत केशवले विगत तीन दिनदेखि हराइरहेका उनका बुबा कृष्णचन्दलाई खोजिदिन आग्रह गरेका हुन् । कृष्णचन्द्र गत शनिबार पाँचथरको गणेश चोकबाट झापा आउने भन्दै हिँडेको केशवले बताएका छन् ।

केशवमा अनुसार गहुँगोरो वर्णका उनका बुवाले भादगाउँले कालो टोपी, नम्बर १ लेखेको कालो ज्याकेट, रातो जुत्ता र कालो पत्थरको माला लगाएका छन् । खोजीका लागि प्रहरीमा निवेदनसमेत दिइसकिएको केशवले जानकारी दिएका छन् ।