साताको पहिलो दिनको तुलनामा सातान्तमा सुन चाँदीको भाउ ओरालो लागेको छ । गत सातान्तको तुलनामा यो साताको अन्तिम दिन प्रतितोला सुनको भाउ चार सय तथा चाँदीको भाउ ५ रुपैंयाले घटेको हो । अघिल्लो साता ५२ हजारको हाराहारीमा पुगेर कारोबार भएको सुनको भाउ यो साता चार सयले मात्र ओरालो लागेको छ । गत साताको शुक्रबार प्रतितोला छापावाल सुन ५२ हजार तथा तेवाजी सुन ५१ हजार ७ सय ५० रुपैँयामा किनबेच भएको सुनको भाउ यो साताको पहिलो दिन आइतबार पनि उही मुल्यमा कारोबार भएको थियो । सोमबार प्रतितोला २ सय रुपैँयाले घटेर प्रतितोला छापावाल सुन ५१ हजार ८ सय तथा तेजावी सुन ५१ हजार ५ सय ५० रुपैँयामा किनबेच भएको सुनको भाउ मंगलबार पुनः १ सय रुपैँयाले घटेर प्रतितोला छापावाल सुन ५१ हजार ७ सय तथा तेजावी सुन ५१ हजार ४ सय ५० रुपैँयामा किनबेच भएको थियो । यसरी दुईदिन लगातार घटेको सुनको भाउ बुधबार र बिहिबार स्थिर रहँदै मंगलबार कै मुल्यमा किनबेच भएको थियो । त्यसपछि शुक्रबार १ सय ले घटेको सुनको भाउ प्रतितोला छापावाल सुन ५१ हजार ६ सय तथा तेजावी सुन ५१ हजार ३ सय ५०
रुपैँयामा किनबेच भएको थियो । यो बिक्रिदर आइतबारको तुलनामा ४ सय रुपैँयाले कम हो । यसैगरि साताको पहिलो दिनको तुलनामा प्रतितोला चाँदीको भाउ ५ रुपैँयाले घटेको छ । गत साता प्रतितोला ७ सय रुपैँयामा कारोबार भएको चाँदीको भाउ यो साताको पहिलो दिन आइतबार पनि सोही मुल्यमा किनबेच भएको थियो । सोमबार ५ रुपैँयाले घटेर ६ सय ९५ रुपैँयामा कारोबार भएको चाँदीको भाउ मंगलबार स्थिर रहेको थियो । बुधबार ५ रुपैँयाले बढेर ७ सय रुपैँयामा किनबेच भएको चाँदीको भाउ बिहिबार पनि सोही मुल्यमा किनबेच भएको थियो । यसरी पाँच रुपैँयाले मात्र घटबढ भइरहेको चाँदीको भाउ साताको अन्तिम दिन शुक्रबार पुनः ५ रुपैँयाले घटेर ६ सय ९५ रुपैँयामा किनबेच भएको थियो । अघिल्लो साताको तुलनामा यो विक्रिदर ५ रुपैँयाले घटेको हो ।
सुनको भाउ फेरि ओरालो लाग्यो!! सुन किन्ने उत्तम समय!