हेटौंडामा गैडा आतकं (भिडियो सहित) फिल्मी शैलीमा अस्पताल भित्र पसेर गैँडाले आक्रमण गर्दा एकको मृत्यु, ६ घाइते

मकवानपुर । गैँडाको आक्रमणमा परी हेटौडामा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । आक्रमणमा परी हेटौडा उप महानगरपालिका ६ स्थित सल्लाघारी बनमा ६१ वर्षीया हरिमाया दाहालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
gaida 1
प्रहरीका अनुसार एका बिहानै शहर पसेको गैंडाको आक्रमणबाट घाँस काट्दै गरेकी दाहाललाइृ एकान्तमा गैँडाले आक्रामण गरेको थियो । जंगली गैंडाको आक्रमणमा परेकी उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।
त्यस्तै आक्रमणमा परी हेटौंडाका ८२ वर्षीय रुद्र नारायण ढकाल, २३ वर्षीया कबिता चौलागाई, ५० वर्षीय दलबहादुर रुम्बा घाइते भएका छन् । त्यस्तै २८ वर्षीय सगुन भण्डारी लगायत अन्य २ जना पनि गैंडाको आक्रमणबाट गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । जंगलमा लुकेर बसेको गैंडालाई नियन्त्रणमा लिने प्रयास भईरहेको प्रहरीले जनाएको छ ।