देशैभर भूकम्पले बिपत्ति भइरहेका बेला एक वृद्धले आफ्नै श्रीमतीको बन्चरो प्रहार गरी हत्या गरे

तेह्रथुम, वैशाख १४ – देशैभर भूकम्पले बिपत्ति भइरहेका बेला आइतबार तेह्रथुममा एक वृद्धले आफ्नै श्रीमतीको बन्चरो प्रहार गरी हत्या गरेका छन् ।
जिल्लाको मोराहाङ१ बस्ने ६२ वर्षीय ओजेन्द्र खापुङले श्रीमती ३९ वर्षीय विनु कन्दङ्वा खापुङको आज दिउँसो २ बजे बन्चरो खुकुरीलगायत धारिलो हतियार प्रहार गरी विभत्स हत्या गरेको तेह्रथुमका प्रहरी प्रमुख नायब प्रहरी उपरीक्षक विदुरकुमार गौतमले जानकारी दिए ।
खापुङलाई प्रहरीले आइतबारै नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । विनुको शवलाई पोष्टमार्टमका लागि सदरमुकामस्थित जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको प्रहरी प्रमुख गौतमले जानकारी दिए । खापुङले किन हत्या गरे भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ