‘पतिको उपचार खर्च जुटाउन कोकिन बोकेँ’''मलेसियन महिला मारिना बिन्ती जमालुद्धिन
लागूऔषध नियन्त्रण ब्युरोको केरकारमा रहेकी मारिनाले कुरा गर्दै गर्दा जुनसुकै जवाफ हाँसेर दिइरहिन्। उनलाई आफूले गलत काम गरेको छु भन्ने पनि भएको छ।
तर त्यो गल्तीको सजाय के हुन्छ भन्नेमा उनी अनविज्ञ छिन्। गत शुक्रबार त्रिभुवन अन्तर्रष्ट्रिय विमानस्थलमा पक्राउ परेकी ३७ वर्षीया मारिनाले भनिन्,‘ पतिलाई बचाउनु थियो, छोरालाई पढाउनु थियो, त्यही भएर गलत काममा हात हालेँ। आज यस्तो अवस्था आउला भन्ने सोचेको थिइनँ,’ अन्नपूर्ण पोष्टमा खबर छापिएको छ।