दिपकराज गिरीले प्रचण्डकै नाममा अर्को स्ट्याटस..? तेश्रो स्ट्याट्समा के लेखे दिपकले पढ्नुस्..?

चर्चित हास्य कलाकार दिपकराज गिरीले यस पटकको आमहडताल र बन्दमा शुरुदेखि नै सामाजिक सञ्जालबाट बहस चलाएर हंगामा गरे । उनले एमाओवादी नेतृत्वको मोर्चाले आह्वान गरेको आमहडतालको विरोधमा निरन्तर फेसबुक स्ट्याटस लेखे ।



बन्दको अघिल्लो दिन उनले नेताहरुलाई आमहडताल नभएर भोकहडताल गर्न सुझाव दिए ।

यो पनि हेर्नुस्

दिपकले दिए प्रचण्डलाई यस्तो चुनौती

बन्दकै दिन बन्द गरेको भन्दै उनले नेताहरुलाई सरापे र गरिखानेहरुलाई मार्ने बन्द गरेको भन्दै आलोचना गरेर चर्चा पाए ।

हेर्नुस्


प्रचण्डलाई दिपकको अर्को दनक

बन्द फिर्ता भएपछि पनि दिपकले अर्को स्ट्याटस लेखे र उनले बन्द फिर्ता लिने प्रचण्ड लगायतका नेताहरुलाई धन्यवाद दिए ।

उनले लेखेका छन्ः बहु आलोचित तथा अलोकप्रिय बन्द कार्यक्रम फिर्ता लिनू भएकोमा कामरेड प्रचण्ड तथा ३० दलका नेताज्यूहरूमा धन्यबाद तपाइहरूले गर्ने अन्य आन्दोलनका कार्यक्रम प्रति कुनै बिरोध ब्यक्त गर्ने उदेश्य नरहेको र भबिष्यमा पनि यस्ता जन बिरोधी आन्दोलनको कार्यक्रम नल्याइदिनु हुन अनुरोध छ, पल पल समाचार हेर्दा हेर्दै आज मेरो दिन गएको छ बन्द फिर्ता हूदॉ नि आज दशै आए जस्तो भएको छ ।