सिन्धुपाल्चोकमा मात्रै ज्यान गुमाउने ८ सय बढी
फोटो :धादिङमा भूकम्पबाट घाइतेलार्इ उपचारका लागि लगिँदै । तस्बिर : मनिष दुवाडी
गाउँभरी रुवाबासी, लाश उठाउने कोही भएन
सिन्धुपाल्चोक : शनिबार दिउँसो गएको महाभूकम्पले सिन्धुपाल्चोकमा मात्रै ८ सय ७७ जनाले ज्यान गुमाएका छन् ।
शनिबार दिउँसो र आइतबार गएको भूकम्पका कारण घर भत्किँदा सिन्धुपाल्चोकमा यति धेरै मानवीय हताहती भएको गृहमन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले अन्नपूर्ण पोस्ट्लार्इ जानकारी दिए ।
आइतबार सम्म सिन्धुपाल्चोकमा ज्यान गुमाउनेको संख्या ५ सय थियो । सोमबार बिहानसम्ममा मृतकको संख्या बढेर ८ सय माथि पुगेको हो ।
गाउँभरीकाको भूकम्पले ज्यान लिएपछि लाश उठाउने मानिसको समेत अभाव भएको छ। गाउँभरी लाश परेपछि रुवाबासी र भागाभाग भएको छ ।
अधिकांश घर भत्किएपछि स्थानीयहरु रातभरी खुल्ला चौर र खोलाको किनारमा बस्न बाध्य भएका छन् ।
जिल्लाका ६ वटा बढी गाविसमा ९० प्रतिशत बढी घर पूर्णरुपमा ध्वस्त भएका छन् ।
भूकम्पबाट जिल्लाका आधा दर्जन बढी गाविसका अधिकांश घर ध्वस्त भएका हुन् । भूकम्पले जिल्लाका मेलम्ची, दुबाचौर, भोटसिपा, सिपापोखरी र निभटारमा धेरै मानिसको ज्यान गएको गृहमन्त्रालयले जानकारी दिएको छ ।