कागती, काँक्रो जस्ता घरेलु वस्तुबाट अनुहार चम्किलो बनाउने उपाय


कागती, काँक्रो जस्ता घरेलु वस्तुबाट अनुहार चम्किलो बनाउने उपाय

सुन्दर तथा स्वस्थ जीवन सबैको चाहना हो ।  प्रत्येक ब्यक्तिको  दैनिकी ऐनामा अनुहार हेरेर सुरु हुन्छ । आफ्नो अनुहार सुन्दर र चम्किलो होस् भन्ने चाहना सबैको हुन्छ । देख्दा पक्कै पनि खुशी लाग्छ । यदि अनुहारमा केही खराबी देखियो भने त्यसको चिन्ताले ऊर्जामा क्षय ल्याउछ नै ।  सुन्दर रहन महिला धेरै चाहन्छन् भनिन्छ । तर, अचेल पुरुष पनि कम छैनन् ।  विभिन्न सौन्दर्य सामग्रीहरु बिक्री बढ्नुका कारण नै यही हो । आधुनिक उत्पादनहरुमा ध्यान दिने प्रवत्ति बढ्दै छ । कमाइको ठूलै हिस्सा अचेल सौन्दर्यमा खर्च गरि पनि रहेका छन् ।  तर आज हामी घरमै बसेर अनुहार सुन्दर र चम्किलो बनाउने उपायको बारेमा बताउँदैछौँ । केही घरेलु उपाय अपनाउन सके खर्च र तनाबबाट पनि मुक्ति मिल्छ ।

- यदि कुरुप हुने गरी डन्डिफोर आएको छ भने दिनमा तीन पटकसम्म अनुहार सफा पानीले धुने, डन्डिफोरलाई ननिचोर्ने, दैनिक दुई लिटरभन्दा बढी पानी पिउने, मसलाजन्य परिकारहरु कम खाने गर्नुपर्छ ।

- डन्डिफोर हटाउने विभिन्न घरेलु उपायमध्ये कागती पनि एक हो । एउटा कचौरामा कागतीको टुक्रालाई निचोरेर राख्ने अनि कागतीमा गुलाबजल मिसाउने र आवश्यकताअनुसार अनुहारमा लगाउँदा डन्डिफोरबाट मुक्ति पाउन सकिन्छ। यसलाई १५ दिनसम्म नियमित प्रयोग गर्नु राम्रो मानिन्छ।


- डन्डिफोर हटाउने अर्को घरेलु उपायमा कागती, काँक्रो र दूधलाई पनि लिन सकिन्छ। यी तीनै वस्तु दैनिक प्रयोगमा आउने वस्तु हुन्। कागतीको एक चौथाइ भागलाई काट्ने र काँक्रोलाई राम्रोसँग मिक्सचरमा पिसेर राख्ने र दूधलाई नतताई यी तीनै वस्तुलाई मिसाएर अनुहारमा लगाउँदा छालाको रक्षाका साथै डन्डिफोर निर्मूल हुन्छ।

- दैनिक केही समय आराम गर्नुपर्छ । निकै थाकेको अवस्थामा आँखा बन्द गरेर सुत्दा अनुहारमा चमक आउँछ ।

- सुख्खा र चिसो हावामा लगातार हिँडिएको छ भने यसले पनि अनुहारको चमक हराउने हुँदा आलु घोटेर अनुहारमा दल्ने हो भने अनुहार सुख्खा हुने तथा डन्डिफोर आउने समस्याबाट मुक्त हुन सकिन्छ।

- यदि छाला सामान्य जस्तो छ भने मह र दुध मिसाएर लगाउँदा अनुहारमा चमक आउनुका साथै विभिन्न समस्याबाट टाढा रहन सकिन्छ।

- यदि छाला चिल्लो छ भने बेसनको पीठो काँचो दूधमा मिसाएर लगाउँदा पनि अनुहारको सुरक्षा हुन्छ।

- गहुँको छोक्रामा काँचो दुध र मह मिसाएर लगाउँदा अनुहारमा चमक आउँछ।