यसरी चम्कँदैछ गौतमबुद्ध विमानस्थल ! (फोटो फिचरसहित)


Goutam-Buddha-Airport-final
स्तराेन्नतिपछि बन्ने विमानस्थलकाे स्केच
सलमान खान
१९ चैत्र, भैरहवा । बहुचर्चित राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतीको काम तिब्र गतिमा अगाडि बढिरहेको छ । करिव दुई महिना अगाडि निर्माण सुरु भएको विमानस्थल सन् २०१८ को सुरुवातमै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।
अहिले विमानस्थलमा पर्ने घाघर नदी डाइभर्सन (फर्काउने) काम धमाधम भइरहेको छ । परियोजनाको कार्यालय र कर्मचारीका लागि आवास बनाउने काम पनि सँगसँगै अगाडि बढाइएको छ ।
‘घाघरा नदी डाइभर्सन गर्ने काम अहिलेसम्म करिव ८० प्रतिशत सम्पन्न भइसकेको छ’ परियोजनाका उपप्रमुख ओम शर्माले भने- ‘बर्षा सुरु हुनु अगाडि नै घाघरा नदी डाइभर्सन गर्ने लक्ष्यअनुसार काम अगाडि बढिरहेको छ ।’
Goutam-Buddha-Intl-Airport-8
नहर खन्दै डाेजरहरू ।
नदी फर्काउन करिव ३ लाख २० हजार घनमिटर माटो काटनुपर्नेमा अहिलेसम्म २ लाख ५० हजार घनमिटर भन्दा बढी माटो काटिसकिएको छ । अहिलेको गतिमा काम गर्दा जेठसम्म नदी डाइभर्सन गरिसक्ने अनुमान गरिएको छ ।
नदी डाइभर्सनलाई परियोजनाको मूख्य चूनौतीका रुपमा लिइएको थियो । ‘अहिलेको नदीलाई २.५ किलोमिटर टाढा दक्षिण क्षेत्रमा लगेर पुनः सोही नदीमा मिसाइने छ ।
अहिले नदी डाइभर्सनसँगै योजनाको प्रशासकिय भवन, ल्याब सेन्टर, स्टाफ क्वाटर समेत निर्माण भइरहेको छ । यो काम पनि जेठ महिनासम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
Goutam-Buddha-Intl-Airport
नदी डाइभर्सन गर्न नयाँ बाटो बनाइँदै ।
आन्तरीक टर्मिनल भवन निर्माण पहिलो चरणमा नपरेपनि छिट्टै काम सुरु हुने बताइएको छ । यसका साथै अन्य निर्माणका कामहरु पनि एकैसाथ सुरु गरी अगाडि बढाइने छ ।
परियोजनामा स्वदेशी निर्माण सामग्रीलाई प्राथमिकतामा राखिने उपप्रमुख शर्माले बताए । तर, गुणस्तरमा भने कुनै कम्परमाइज नगर्ने बताउँदै उनले ल्याब परीक्षण पश्चात निर्माण सामग्री प्रयोग गर्ने जानकारी दिए ।
निर्माणधिन विमानस्थल क्षेत्रमा दुई दर्जन बढी इञ्जिनियरको टोलीले नियमित अनुमगन तथा निरीक्षण गरिरहेका छन् । करिव ६० वटा ट्रक र १७ वटा डोजर तथा एक्साभेटर निर्माण कार्यमा खटिरहेका छन् ।
Goutam-Buddha-Intl-Airport-2
अहिले सञ्चालनमा रहेको विमानस्थ्ल ।
२०२३ सालमा भारत सरकारको सहयोगमा निर्माण भएको गौतमबुद्ध बिमानस्थललाई स्तरोन्नती गरेर अन्तर्राष्ट्रिय स्तरको बनाउन लागिएको हो । स्तरोन्नतीको काम चीनको नर्थ वेस्ट कम्पनीले गरिरहेको छ ।
कम्पनीले भौतिक संरचना निर्माणका लागि ६ अर्ब २२ करोड ५१ लाख २० हजार दुई सय २७ रुपैयाँमा  ठेक्का पाएको हो ।
एसियाली विकास बैंक (एडीबी) को सहुलियत ऋण सहयोगमा बिमानस्थल निर्माण सुरु भएको हो । परियोजना सम्पन्न गर्दा सवा ८ अर्ब रूपैयाँ खर्च हुने प्रारम्भिक अनुमान छ ।
Goutam-Buddha-Intl-Airport-3
कर्मचारीहरूको अावस गृह बनाइँदै ।
Goutam-Buddha-Intl-Airport-4
निर्माणस्थल जाने सडक ।
Goutam-Buddha-Intl-Airport-6
विमानस्थल निर्माण क्षेत्र ।
Goutam-Buddha-Intl-Airport-8यस्तो बन्नेछ गाैतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (स्केचहरू)
Goutam-Buddha-Airport-7
टर्मिनल भवन पछाडि गाडि पार्किङस्थल ।
Goutam-Buddha-Airport-4
आकाशबाट हेर्दा आन्तरिक र अन्तर्राष्ट्रिय जहाज पार्किङ स्थल
Goutam-Buddha-Airport-10
आकाशबाट हेर्दा आन्तरिक र अन्तर्राष्ट्रिय जहाज पार्किङ स्थल
अगाडीबाट हेर्दा देखिने अन्तर्राष्ट्रिय ट्रमिनल भवन र पछाडी पार्किङस्थल
अगाडीबाट हेर्दा देखिने अन्तर्राष्ट्रिय ट्रमिनल भवन र पछाडी पार्किङस्थल
धावनमार्ग, दुवै टर्मिनल र ती टर्मिनलका पार्किङस्थलसहितको दृष्य
धावनमार्ग, दुवै टर्मिनल र ती टर्मिनलका पार्किङस्थलसहितको दृष्य
आन्तरिक टर्मिनल, बिमान पार्किङस्थलसहित
आन्तरिक टर्मिनल, बिमान पार्किङस्थलसहित
गौतम बुद्ध बिमानस्थलको आन्तरिक टर्मिनल(बायां) र अन्तराष्ट्रिय टर्मिनल(दायां)को पुरा दृष्य
गौतम बुद्ध बिमानस्थलको आन्तरिक टर्मिनल(बायां) र अन्तराष्ट्रिय टर्मिनल(दायां)को पुरा दृष्य
अन्तराष्ट्रिय टर्मिनल र बिमान पार्किङस्थल
अन्तराष्ट्रिय टर्मिनल र बिमान पार्किङस्थल
बिमानस्थल बनिसकेपछि यस्तो देखिने छ आकाशबाट हेर्दा
बिमानस्थल बनिसकेपछि यस्तो देखिने छ आकाशबाट हेर्दा
“यसरी चम्कँदैछ गौतमबुद्ध विमानस्थल ! (फोटो फिचरसहित)