चुम्बन गर्नु का ७ फाइदा.... जानी राखौ

चुम्बन माया, प्रेम मात्र नभई सद्भाव व्यक्त गर्ने माध्यम हो । यद्यपि यौनिक सम्बन्ध तथा क्रियाकलापसँग यसको बढि सम्बन्ध हुन्छ । चुम्बन केवल प्रेम, आशक्ति तथा समर्पण व्यक्त गर्ने उपाय मात्र होइन । विज्ञहरुका अनुसार यसका विभिन्न खाले स्वास्थ्य फाइदाहरु छन् जुन निम्न छन्-
सम्बन्ध विकाश गर्नः चुम्बनले दम्पती तथा पार्टनरबीचको आत्मीय सम्बन्धलाई झनै दहि्रलो बनाउनुका साथै सम्बन्धमा विश्वास बढाउने काम गर्छ । चुम्बनका बेला पैदा हुने अक्जिटोसिन नाम हर्मोनले एक अर्कामा प्रेम तथा सम्बन्ध र विश्वास पैदा गर्न सहयोग पूराउँछ ।
kissयौन सन्तुष्टिमा बढोत्तरी- चुम्बन यौन सम्पर्क तथा पाकक्रिडाको महत्वपूर्ण हिस्सा हो । गहिलो तथा मायावी चुम्बनले यौनक्रिडालाई बढि सन्तुष्टदायी बनाउँछ ।
रोग प्रतिरोधी क्षमता बढाउँछ- विज्ञहरुका अनुसार चुम्बनले मानिसमा रोगप्रतिरोधी क्षमता बढाउँछ । पाकक्रिडामा प्रसस्त चुम्बन गरेर मात्र यौन सम्पर्क गर्ने मानिसहरुमा यौनजन्य रोगको संक्रमणको खतरा घट्ने विभिन्न अनुसन्धानले देखाएका छन् ।
खुसी बनाउँछ- चुम्बनका बेला मानिसमा इन्डोफिन तथा इन्डोफिर्न हर्मोन पैदा हुन्छन् । यो हर्मोनले मानिसको मूडलाई रिल्याक्स बनाउँछ । जसका कारण मानिसमा खुसी पैदा हुन्छ । तनाव भएको बेलामा आफ्नो पार्टनरलाई चुम्बन गर्नुहोस्, एकाएक मूड प|mेस हुन्छ र जिउ हल्का तथा तनावरहीत हुन्छ ।
दुखाइ कम गर्छ- तात्तातो चुम्बन सत्रका बेला जिउबाड एड्रीनलाइन तत्व उत्सर्जन हुन्छ । यसले जिउमा दुखाइ कम गर्छ । टाउको दुखेको छ ? त्यसो भए पार्टनरसँग मज्जाले चुम्बन गर्नुहोस् अनि महसुस गर्नुहास् यसको फाइदा ।
मोटोपना घटाउँछ- चुम्बनका बेला पनि जिउमा प्रसस्तै क्यालोरी दहन हुन्छ । नियमित रुपमा व्यायाम गर्न नसक्ने तथा फुर्सद नहुने मानिसहरुले मोटोपनाबाट जोगिनका लागि नियमित चुम्बन गर्नु लाभदायी हुने विज्ञहरुको सुझाव छ ।
तन्नेरी बनाउँछ- चुम्बनले अनुहारका मांशपेशीलाई कसिलो तथा मजबुत बनाउने र मानिसको अनुहारलाई तन्नेरी रुप दिन सहयोग पूराउँछ । एजेन्सी