१४ परिवारिक सदस्यको मृत्युपछि न्युयोर्कबाट विष्णुमान नेपाल फर्किए >

१४ परिवारिक सदस्यको मृत्युपछि न्युयोर्कबाट विष्णुमान नेपाल फर्किए
भक्तपुर घर भई हाल अमेरिकाको न्युयोर्कमा बस्दै आएका विष्णुमान महर्जनले १४ जना परिवारिक सदस्य गुमाउँछु भनेर कल्पना समेत गरेका थिएनन् होला। तर, दैव संजोग यस पटकको भुकम्पले १४ जनाको उनको परिवार चुडेर लगेको छ।
जसको पीडाले उनी कसैसँग दोहोरो सम्वाद गर्न गाह्रो भएको छ। उनलाई भेट्न भीड लाग्ने गरेको छ। उनको जीवनमा भुकम्पको ठूलो वज्रपात परेपछि उनी आईतवार नेपाल फर्केका छन्।
...
धार्मिक कार्य गरिरहेको वेला जम्मा भएका उनका पारिवारिक सदस्यहरुले उनलाई सधैको लागि छोडेर गएका हुन्। अहिलेसम्मकै पीडादायी यो घटनाले अमेरिकामा वस्ने सवैलाई स्तव्ध वनाएको छ । दुईदिनदेखि न्युयोर्कस्थित रिजउडमा वसिरहेकी दुर्गा अधिकारीका आँखामा आँसु रोकिएको छैन्।
सामाजिक सन्जाल र टेलिभिजनका दृष्यले उनी भक्कानिएको देख्न सकिन्छ। श्रीमान र छोराका साथ यहाँ वसिरहेकी उनी नेपालमा रहेका तीन छोरीहरुलाई सम्झेर दिनरात सुत्न नसकेको बताईन्।
यो दुवै अवस्थाबाट यहाँ वस्ने नेपालीहरु गुज्रिरहेका छन्। पीडालाई कम गर्दै उनीहरु एक ठाउँमा भेला भएर शान्तिको लागि दीप प्रज्ज्वलन गरिरहेका भेट्न सकिन्छ। हिजो शनिबार न्युयोर्कको ज्याक्सन हाईटस्थित डाईभर्सिटी प्लाजामा जम्मा भई उनीहरूले दीप प्रज्वलन गरे। हातमा भुकप्म भग्नावेशष पोष्टर र मैन वत्ति लिएर प्रार्थना गरे जुन दोस्रो दिनसम्म जारी छ। यस वाहेक विभिन्न ठाउँहरू वाल्टिमोरदेखि वेष्टकोष्ट क्यालिफोर्नियासम्म यसप्रकारका गतिविधिहरु देख्न सकिन्छ। जसमा नेपालीसहित विदेशी समुदायहरुको उपस्थिति भेटिन्छ। ज्याक्सन हाईटमा आयोजित दीप प्रज्ज्वलन कार्यक्रममा यहाँस्थित काउन्सिल मेम्वर डेनिल डम लगायत विदेशी मिडियाहरू पनि उपस्थित थिए।
YoSansaar's photo. लगातारको भुकम्प र त्यसको क्षतिले उनी एक ठाउँमा जम्मा भई प्राथना गर्ने र चन्दा संकलन गर्ने कार्यहरु पनि शुरु गरेका छन्। एनआरएन अध्यक्ष खगेन्द्र जिसीले भुकम्पका कारण भएको मानिविय क्षतिप्रति गहिरो समवेदना प्रकट गर्दै एउटा भेला डाके र भुकम्प पीडितहरुको लागि आर्थिक संकलन शुरु गरेका छन्।
यतिखेर अमेरिकास्थित सवै नेपाली संघ संस्थाहरु पीडितहरुको लागि आर्थिक संकलन गरिरहेका छन्। विभिन्न संघ संस्थाहरुले आर्थिक संकलन कार्य गरेकोमा एनआरएन अमेरिकाले सवैलाई सम्वन्वय गरि एक मुष्टरुपमा सहयोग नेपाल पुर्‍याउने कार्यक्रम भएको बताईएको छ । पछिल्लो समय सम्म २० हजार भन्दा माथी रकम जम्मा भैसकेको वताईएको छ।