यी हुन् ट्रक चालकको लापरवाहीले अक्कालमा ज्यान गुमाएकी बालकुमारी
विविएस प्रथम वर्षमा अध्ययनरत ओखलढुङ्गाकी २१ वर्षीया बालकुमारी दाहाललाई कलेजबाट कपन सरस्वतीनगरस्थित निवास फर्किने क्रममा मिनी ट्रकले किचेको प्रत्यक्षदर्शी बसन्त न्यौपानेले नेप्लिज डटओआरजीलाई जानकारी दिए ।
दाहाललाई बाटो काट्न लाग्दा बा१ख ९११२ नम्बरको मिनी ट्रकले ठक्कर दिएको हो,’ अनेरास्ववियु काठमाडौँ जिल्ला कमिटी अध्यक्षसमेत रहेका न्यौपानेले भने, ‘दोषीमाथि कारवाही र मृतकका आफन्तलाई क्षतिपूर्ती दिनुपर्ने माग गर्दै आन्दोलन गर्दा प्रहरीले धरपकड ग¥र्यो ।
न्यौपानेका अनुसार अनेरास्ववियुकी कार्यकर्ता समेत रहेकी दाहालको उपचारका क्रममा ओम अस्पतालमा पु¥याउनेबित्तिकै निधन भएको हो । ठक्कर दिएलगत्तै फरार चलक फरार रहे पनि अहिले ट्रक धनी भने सम्पर्कमा आएका छन् ।