करिश्माको पहिरन, छात्तीको गुलाब त देखिनै पर्छ
नायिका करिश्मा मानन्धर सोमबार एकसाथ दुईवटा कार्यक्रममा उपस्थित भइन् । दिउँसो एक फिटनेश केन्द्रको सुरुवातमा पुगेकी करिश्मा मानन्धर बेलुकी भने चलचित्र ‘अधकट्टी’को एल्बम बिमोचनमा पुगिन् । तर, दुई कार्यक्रममा करिश्माले एउटै पहिरन लगाएकी थिइन् ।
चलचित्र ‘अधकट्टी’को कार्यक्रममा करिश्माको ट्याटुको चर्चा भयो । लामो गाउनमा पुगेकी करिश्माले छात्तीको ट्याटु देखाउने मोहलाई भने छाडिनन् । करिश्मालाई थाहा छ कि, छात्तीको गुलाबको चर्चा सर्वाधिक धेरै हुन्छ । सायद, यही भएर नै होला करिश्मालाई यो मोहले छाडेको छैन ।